पर्यटन बिकास पालिकाको पहिचान गर्ने प्रमुख मेरुदण्ड हो तर पर्यटन बिकासमा मुसिकोटको चासो कम भएको गुनासो आएको छ ।
नगरको स्थापना कालमा बनाएका गौरवका योजना अहिले खोज्दा पनि नभेटिने र आफ्नो क्षेत्रमा परेको बजेट समेत काटिएको लाली गुराँस संरक्षण समितिका अध्यक्ष तथा पुर्व वडा अध्यक्ष कर्ण बहादुर घर्ती क्षेत्रीले बताउनु भयो ।
मुसिकोटको नामाकरण गरिएको साविक मुसिकोट गा.वि.स. मा रहेको बाईसे चौबिसे राज्य अन्तरगतको मुसिकोट दरवार मुसिकोटको मुख्य पहिचान भएपनी नगरपालिकाबाट यसको लागि खासै चासो नदिईएको मुसिकोट २ का वडा अध्यक्ष रबिन्द्र के. सी. गुनासो छ ।
मुसिकोटमा पर्यटन प्रवर्द्धनका लागि हजारौं संभावना भए पनि नगरपालिकासङ कुनै योजना नहुदा पछि परेको महसुस भएको मुसिकोट ३ का वडा सदस्य थम्मन बहादुर घिमिरेले बताउनु भयो उहाँले थप्नुभयो, मुसिकोटमा परंरागत सरायनाच, सोरठी, नौमती बाजा, घाटु नाच, भैलो नाच लगाएत धेरै सस्कृती झल्किने परम्परा रितिरिवाज भएपनी नगरले चासो दिईएको देखिदैन ।
नगरपालिकामा भएका स्थानिय कलाकारलाई कुनै वास्ता भएको छैन हामीले यहाँको प्रचार प्रसारका लागि धेरै गरेका छौ केही क्लब र संघ सस्थाले सस्कृती जोगाउन पहल गरेपनी नगरपालिकाले कुनै सहयोग गरेको देखिदैन मुसिकोट युवा क्लबका कोषाध्यक्ष तथा कलाकार कमल बरालले बताउनु भयो ।
मठ मन्दिर, शाहघाट, चौपारी, पार्क तथा प्रतीक्षालय जस्ता सार्वजनिक काम गर्न समेत चन्दादातासङ गुहार मागेर गर्नुपर्ने अवस्था छ युवा अभियन्ता हिमाल कार्कीले बताउनु भयो ।