गुल्मी: नेपाल पत्रकार महासंघ गुल्मीको शनिबार तम्घासमा सम्पन्न भेलाले न्यायीक सुनुवाइको आधारमा सदस्यताको टुंगो लगाउन केन्द्रिय समितिलाई आग्रह गरेको छ।
सदस्यता विवादका कारण ११ महिना देखि बैठक बस्न नसकेपछि समस्या समाधान गर्ने उदेश्यले उक्त भेला आयोजना गरि उक्त आग्रह गरेको हो।
भेलाले नेपाल पत्रकार महासंघ गुल्मीको बिधान बमोजिम सम्पन्न हुनुपर्ने नियमित ११ औ वार्षिक अधिवेशन/साधारणसभा हालसम्म हुन नसकेकोले यथाशीघ्र साधारणसभा/अधिवेशन सम्पन्न गर्न र केन्द्रिय प्रतिनिधि तोकी पठाउनको लागि अनुरोध गर्ने,नेपाल पत्रकार महासंघ प्रदेश समिति र केन्द्रिय समितिले सदस्यता शुद्धीकरण कार्यलाई न्यायोचित ढंगले निष्कर्षमा नपुराउनासम्म ११ महिना देखि महासंघ गुल्मीको कार्यालयमा लागेको तालाबन्दी र महासंघका सम्पूर्ण बैंक खाता रोक्का यथावत राख्ने र कोभिड -१९ का कारण देश लकडाउन भएको समयको मौका छोपी मिति २०७८ साल भदौ ०९ गते नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्षले कार्यसमितिको छलफल र सहमति बेगर बिना सुचना नयाँ सदस्यता उपलब्ध गराउन गरेको सिफारिश र केन्द्रीय समितिको मिति २०७७ माघ १० गतेको सदस्यता दिने भनी भएको निर्णय कानुनी र ब्यबहारिक दुवै अर्थमा मेल नखाएकोले १२ जना नयाँ सदस्य सिफारिश गरेको निर्णय लज्जास्पद र बदनियतपूर्वक गरेको देखिएकोले सुधारका लागि केन्द्रिय समितिमा अनुरोध गर्ने निर्णय गरेको उपाध्यक्ष रेशम कुँवरले बताउनु भयो।
यसैगरी भेलाले सदस्यता शुद्धिकरण अभियानका कारण रोकिएको ३ वर्षको सदस्यता नवीकरण एकै पटक गर्ने,सदस्यता शुद्धिकरणका लागि जिल्लामा गठन भएको कार्यदलबाट अध्ययन बिना नियतवस छुटाइएका र केन्द्रिय तथा प्रदेश समितिले दावी,विरोध र नवीकरणका लागि प्रकाशित सुचना बमोजिम तोकिएको समयमा ब्याक्तिगत रुपमा निवेदन र कार्यरत रहेको संचार माध्यमको परिचयपत्र,नियुक्ति पत्र र अन्य प्रमाण पेश गरेका सदस्यहरुको सम्बन्धमा न्यायिक सुनुवाई नभएकोले यथाशिघ्र सुनुवाई गरि सदस्यता नवीकरणका लागि अनुरोध गर्ने निर्णय भएको महासघका सस्थापक सभापति हरिकुमार श्रेष्ठले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति गुल्मीले २०८० जेठ १० गतेदेखि २०८१ जेठ १० गते सम्म भएका बैठक,कार्यक्रमका बारेमा भेलामा जानकारी गराई उक्त निर्णय र कार्यक्रमहरुलाई अनमोदन गरेको जानकारी सह सचिव तेजेन्द्रकुमार श्रेष्ठले दिनुभयो ।
नेपाल पत्रकार महासघ गुल्मीका उपाध्यक्ष रेशम कुँवरको अध्यक्षतामा सम्पन्न भेलामा महासघका लुम्बिनी प्रदेश सदस्य गणेश सारु,नेपाल पत्रकार महासघका सस्थापक सभापति हरिकुमार श्रेष्ठ,महासघ जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्य ,पेशागत संघसंगठनका प्रमुख तथा प्रतिनिधि,महासघका पुर्व पदाधिकारी,सदस्य र साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।
अध्यक्ष : वसन्त अधिकारी / सम्पादक : सरिता पौडेल / सम्पर्क : ९८५७०६४२५२