गुल्मी, मुसिकोट: लुम्बिनी वामी हस्पिटल प्रा.लि. ( प्रवास शाखा) को आयोजनामा यहि जेष्ठ १९ गते शनिवार हाड जोर्नि तथा नशा समन्धी शिवर तथा डाक्टर परामर्श हुने भएको छ ।
सेवा गर्ने उद्देश्यले स्थापित लुम्बिनी वामी हस्पिटल पा.लि. नयाँ ब्यबस्थापनका साथ संचालन भै रहेको र हरेक शनिवार फरक फरक विशेषज्ञ डाक्टरद्वारा शिवर सन्चालन गर्दै आईरहेको हस्पिटलका व्यवस्थापक दिपेन्द्र ज्ञावलीले बताउनु भयो ।
डाड जोर्नी तथा नशा समन्धी शिविरमा हाल लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत वरिष्ठ हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. संजीव आचार्य वामीमा आउने व्यवस्थापक रोशन सेनले बताउनु भयो ।
शिविरमा हड्डी भाचिएको, ढाड तथा कम्मर दुख्ने, वाथरोग, युरिक एसिड, घुडाहरु दुख्ने तथा खुम्च्याउन नमिल्ने, जोर्निहरु दुख्ने तथा खिइएको, हात खुट्टा पोल्ने तथा झमझमाउने जस्ता रोगहरुको अत्याधुनिक मेशिनद्वारा चेकजाँच, डाक्टर परामर्श तथा औषधि उपचार गरिने अस्पतालले जनाएको छ ।
लक्षित वर्गका लागि गरिएको यो शिविरमा अग्रिम नाम दर्ता गराउनका लागि ०७९-४१२०७२ र ०७९-४१२०७३ का फोनहरु समेत खुल्ला गरिएको अस्पताल टिमले बताएको छ ।