सरिता पौडेल, मुसिकोट: मुसिकोट युवा क्लबले संचालन गरेको मासिक नियमित हाट बजारमा जेष्ठ ३२ गते बिरुवा वितरण तथा अन्य विविध कार्यक्रमहरुको आयोजना गर्ने भएको छ ।
मुसिकोट युवा क्लब सामाजिक काममा निरन्तर अग्रसर भैरहेको क्लब हो, स्थापनाको छोटो समयमै मुसिकोटका सबै वडामा आफ्नो समन्वय समिती निर्माण गर्दै सामाजिक कार्यलाई सहज बनाएको छ ।
हरेक महिनाको अन्तिम शुक्रवार मुसिकोट ४ को हलोगाडे बजारमा कृषकहरुको कृषिजन्य उत्पादनको बजारिकरण गर्ने र किसानलाई प्रोत्साहन गर्ने उदेश्यले हाट बजार संचालन गरिएको मुसिकोट युवा क्लबका उपाध्यक्ष दिनेश सिंह ठकुरीले बताए ।
हरेक महिना हाटबजारको साथै फरक फरक कार्यक्रम गर्दै आईरहेको र यो महिना कृषकहरुलाई बिरुवा वितरण समेत गर्ने साथै मुसिकोट २/३ र ४ लक्षित गरि स्थापना भएको अस्थायी प्रहरी चौकीका प्रहरीहरुलाई सम्मान र सास्कृतिक कार्यक्रम समेत आयोजना गरिएको क्लबका मुसिकोट ४ समन्वय समितिका अध्यक्ष सागर शाही ठकुरीले बताए ।
स्व. बुवा गणेश सिंह ठकुरी र मुवा भवानी सिंह ठकुरीको सम्झनामा छोरा बुहारी केशव सिंह ठकुरी, राधिका सिंह ठकुरी नातिनी निर्भाणा सिंह ठकुरी तथा ठकुरी परिवार हटिया नगरपालिका बाग्लुङबाट क्लबलाई विभिन्न जातका बिरुवाहरु हस्तान्तरण गर्ने र क्लब मार्फत स्थानिय बासिन्दाहरुलाई वितरण गर्ने कार्यक्रम तय क्लबका अध्यक्ष बसन्त अधिकारीले जानकारी दिए ।
स्मरण रहोस मुसिकोट युवा क्लबले मुसिकोटका सबै वडाहरुमा निरन्तर कार्यक्रम गर्दै आईरहेको छ ।