छड्के न्युज।गुल्मी
लामो समय सम्म लागेको लकडाउनका कारण सिङ्गो अर्थतन्त्र पछाडि धकेलिएको छ । सबै ब्याबसाय बन्द छन् । ब्यापारीलाई सटरभाडा ,कर कसरी तिर्ने भन्ने चिन्ता छ । कोरानाका कारण सयौं ब्याबसाय बिस्थापित हुदैछन् । खाने मुखलाई जुगाँले छेक्दैन भनेझैं गुल्मी मदाने गाउँपालिका वडा नं ३ सिर्सेनीका शोभ बहादुर घर्तीले कृषि ब्याबसायबाट मनग्य आम्दानी गरिरहेका छन् । २०६२ सालमा बैदेशिक रोजगारको लागि दुवै गएका घर्तीले सोचेजती पैसा कमाउँन सकेनन् । कृषि कर्ममा केहि गर्ने अठोटका साथ जन्मभूूमी नेपाल फर्किएर काठमाडौंमा कुखुरा पालन सुरु गरे । कुखुरा पालनबाट सफल भने भएन् उल्टो चार लाख घाटा खाए । कृषिमा सम्भावना कम देखेपछि कुखुरा पाल्दाका ऋण तिर्ने मलेसिया गए । बैदेशिक रोजगारीको ठक्करपछि १८ महिनामै नेपाल आए । कृषिप्रतिको मोहले फेरी काठमाडौंमा २ बर्ष टमाटर खेती गरे । टमाटर खेतीबाट राम्रो आम्दानी गरी गाउँकै बाँझो उर्भर भुमी मदाने ३ बिधिखोलामा २०७६ साल देखी मदाने एग्रीकल्चर प्रा।लि नामक फाम खोली कृषि सुरु गरेको बताउँछन् मदाने एग्रीकल्चर प्रा।लिका संचालक शोभ बहादुर घर्ती ।
घर्तीले गाउँकै स्थानियको ३२ रोपनी र आफ्नो १सय १८ रोपनी गरी कुल १ सय ५० रोपनी जग्गा कृषि गरेका छन् । १० बर्ष लिजमा लिएको जग्गाको बार्षिक १ लाख २५ हजार भाडा तिर्छन् । ५० लाख लगानीबाट सुरु गरेका फार्म झण्डै करोड पुग्न थालेको छ । बिहानी झलमल संगै साझको झिसमिसे सम्म आफ्नै फार्ममा ब्यस्त हुने घर्तीको कृषि कर्म लोभ लाग्दो छ । उनले फार्ममा बन्दागोभि,काउली,टमाटर, काक्रो, कुरीलो लगायतका तरकारी तथा फलफुल लटरम्म फलाएका छन् । उनले बार्षिक १ लाख २५ हजार भाडा तिर्छन् । फार्ममा ५ भैसी,२ गाई पाल्दै आएका छन् । दैनिक ४० देखी ५० लिटर दुध बिक्रि गर्छन् । केहि बाकीँ रहेको पैचो पसल प्रा।लि खरिद गरिदिन्छ । उनलाई बजारीकरणको कुनै समस्या छैन् ।
थोपा सिचाँईको माध्यमबाट कृषि कर्म गरेतापनि पर्याप्त पानीको पहुँच नहुदाँ सोचे जति उत्पादन वृद्धि गर्न नसकेको फार्म संचालक घर्ती बताउँछन् । घर्ती भन्छन् “सम्बन्धित निकायले बिधान बनाउँदा सहकारीलाई प्राथमिकता दिने प्राईभेट कम्पनीलाई बेवास्था गर्दा पछिल्लो समय कृषि कर्म खस्किन थालेको छ” । प्राईभेट कम्पनीलाई बिशेष महत्व दिनसके कृषि प्रदान देशले कृषिमा फड्का् मार्न बेरै लाग्ने उनको भनाई छ ।
लकडाउनको समयमा कुरोलो मात्रै झण्डै डेढ क्युइन्टल बिक्री गरेका छन् । कुरीलोमा तागत अलि बढि हुने भएकाले कारोनालाई जित्ने तागतिलो तरकारी र सुपको खान बढि बिक्रि भईरहेको छ । रुपमा उत्पादन गरेका कृषि उपजलाई तम्घास,बुटवल, सिमलटारी,पुर्कोट दह हुदैं स्थानिय बजारमा खपत हुदैं आएको छ । उनले बार्षिक ८ लाख आम्दानी गर्दछन् । घर्ती गाउँकै सफल ब्याबसायि तथा उदाहरणिय युवाको रुपमा परिचित छन् । फार्म हेर्न र सल्लाह लिन बिभिन्न स्थानबाट आएको फार्म संचालक घर्ती बताउँछन् ।
१ हजार मिटर प्लाष्टिक टनेल रहेको फार्ममा दैनिक १२ जनाले जागिर पाएका छन् । आफुहरु बेरोजगार रहेको र गाउँकै कृषि फार्ममा काम गर्न पाउँदा कामदारहरु औधि खुसि छन् । कृषि ,पशुपालन र दुग्धमा आत्मनिर्भरको सपना बोकेको स्थानिय सरकारले कृषकलाई अनुदानका कार्यक्रम दिदैं आएको छ । घर्तीलाई गाउँपालिकाबाट ८ लाख अनुदान दिने निर्णय गरिसकेको छ । कृषि गर्न अउने कृषकलाई प्रोत्साहित गर्न सक्दो सहयोग गर्ने मदाने गाउँपालिका –३ सिर्सेनीका वडा अध्यक्ष नारायण घर्तीले बताए ।
साझा टलिभिजनका लागी गुल्मीबाट मनोज कार्कीले तयार पारेको हेर्नुहोस् भिडियो रिपोट:https://www.youtube.com/watch?v=fBtuUo8HLMs