काठमाडौं । तरकारीहरूमा मुला एक निकै प्रचलित जरे तरकारीबाली हो । मुलालाई खेतबारीमा रोपेर एकल खेती वा अरु बालीसँगै मिसाएर वा अरुबालीको छेउछाउमा लगाउने चलन नेपालमा छ । मुला मध्य वा पश्चिम चीन या भारतबाट उत्पत्ति भएको मानिन्छ । यो क्षेत्रमा यसको प्रयोग प्राचीनकालदेखि भएको पाइन्छ जङ्गली मुलाहरू भूमध्यसागरीय क्षेत्रमा पनि पाइन्छ । मुला काँचै वा अन्य तरकारीसित मिसाई पकाएर वा अचार बनाई वा सिन्की बनाएर प्रयोग गरिन्छ, पछि सुकाएको मुलाको चाना प्रयोग गरिने चलन पनि छ । पोषण तत्वको दृष्टिकोणले मुलामा अन्य पौष्टिक पदार्थका साथै बढि भिटामिन, जैविक रस र क्याल्सियम र फोस्फोरस जस्ता खनिज पनि पाइन्छ । यसको रसले पाचन प्रक्रियामा मद्दत पुन्याउँछ ।
हावापानी :
मुलाको सफल खेतीको लागि १८(२४ डि।से।सम्मको तापक्रम र उचित प्रकाशको आवश्यकता पर्छ माटोको चिस्यान ६०(७० प्रतिशत र माटोमा प्रशस्त पौष्टिक तत्वको उपस्थिति पनि यसको खेतीको लागि नभई नहुने कुरा हो उचित वातावरणीय अवस्था नभएमा मुलाको डुकु निस्कने, मुला सानो डल्लो फल्ने, पिरोपनाको मात्रा बढ्ने, फाट्ने आदि जस्ता समस्या देखा पर्दछन् ।
वानस्पतिक विवरण
तरकारीको रुपमा प्रयोग गरिने मुला बिरुवाको मोटो जरा हो । सर्वप्रथम बीउबाट मसिनो लामो जरा आउँछ त्यसपछि त्यस जरामा बिरुवाले खाद्यवस्तु जम्मा गर्दै जान्छ र खान लायकको जरा तयार हुन्छ । मुला बिरुवालाई यसो नियालेर हेरेमा में भाग स्पष्ट छुट्याउन सकिन्छ । पहिलो टाउको जसमा छोटो डाँठ र पातहरू पर्दछन् दोश्रो भाग घौटी जसमा हाइपोकोटाइलबाट विकसित भाग, जसबाट जरा पलाउँदैन, तेश्रो जरा भाग जुन खास जरा हो, जसबाट साना मसिना जरा पलाउँछ ।मुलाका विभिन्न जातहरूलाई जातीय स्वभाव र गुण अनुसार दुई भागमा विभाजन गरिएको छ ती हुन् ९१० एशियाली वा उष्ण प्रदेशीय मुला ९२० युरोपेली चा समशीतोष्ण प्रदेशीय मुला, युरोपेली थरिका मुला सानो रकम पीरो हुन्छ ।
बाली चक्र र बाली लगाउने समय
हिउँदे बालीको रुपमा मुलालाई मर्कपछि लगाइछ मुलालाई ग्रॉमबालीको रुपमा रायो काउली पछि पनि लगाइन्छ ।नेपालको लेक, पहाड र तराईका विभिन्न स्थानमा बेग्लाबेग्लै समयमा यसको खेती गरिन्छ । लेकमा यो वैशाख साउनमा रोपी भाद्र असोजमा तयार हुन्छ । पहाडी प्रदेशमा यसलाई भाद(असोजमा रोपी असोज(पुसमा तयार गर्दछन् तराईमा भाद्र कार्तिकमा बीउ खसाली मंसिर माघमा बाली तयार हुन्छ ।
जग्गा तयारी र मलखाद
मुला खेतीको लागि हलुका दोमट माटो उपयुक्त हुन्छ। यसको लागि २०(३० से।मि।को गहिराइमा राम्ररी २(३ पटक जोतेको जमिन उपयुक्त मानिन्छ । यसरी खनेको जग्गामा एक टन प्रतिरोपनीका दरले गोबर मल चारैतिर पर्ने गरी हाल्नुपर्छ । डल्ला फोरेपछि रासायनिक मल प्रतिरोपनी ५ के। जि। नाइट्रोजन, ३ के। जि। फोस्फोरस र ४ के। जि। पोटास हाल्नुपर्छ ।
बीउ रोपण
मुला ड्याङ ड्याडमा रोपिने तरकारी हो। कहिलेकाही सानो मुला वा साग खाने हेतुले छर्ने गरेको पनि देखिन्छ। यसको दुरी जात जात अनुसार फरक छ। सानो एक महिना जतिमा बाली तयार हुने जात जस्तै चालिस दिने मुला भएमा बाक्लो रोप्नु आवश्यक छ । ठूलो उष्ण प्रदेशीय वा एशियाली जातका मूला ४५ह२५ से।मि। को स्थानान्तरणमा लगाउँदछन् । यस्तो स्थानान्तरणमा लगाउन तयार गरी राखेको खेतमा ७५ से।मि। को फरकमा लामालामा ड्याड बनाइन्छ र हरेक ड्याङमा ४५ से।मि। को फरकमा २ लाईनमा बीउ खसालिन्छ । यसमा प्रतिरोपनी २५०(३०० ग्राम बीउ लाग्दछ ।
गोडमेल र सिंचाई
झारपातको नियन्त्रण गर्न, माटो खुकुलो पार्न र टपड्रेस गर्नको लागि गोडमेलको आवश्यकता पर्छ । गोडमेल गर्दा झारपात उखेली फाल्ने, माटो राम्ररी गोड्ने नाइट्रोजन टपड़ेस गरी माटोको उकेरा दिइन्छ। मुलाको बिरुवालाई वृद्धि अवस्थामा बढ़ता फस्फोरस र पोटासको आवश्यकता पर्दछ ।
बाली संरक्षण
मुला बालामा लाही, उफ्रने खपटे आदिले आक्रमण गर्छ। लाही कीरा खास गरी पात र गुवोमा लाग्दछ । यसले रस चुसी हानी पुयाउँछ यसको नियन्त्रणको लागि घरेलु विधि तथा विषादीको प्रयोग गर्न पर्दा मालाथियन जस्ता सुरक्षित विष वा निमजन्य विषादीको प्रयोग गर्न सकिन्छ ।मुला खेतीमा लाग्ने रोगहरूमा कालो कुहिने रोग उल्लेखनीय छन् । काले कुहिने रोग पहिले पातबाट शुरु भई जरासम्म पुग्छ। रोग लागेको पातका नसाहरू खैरो भई पछि कालो हुन्छ यो रोग कलिलो बोटामा लाग्दा ओइलिएर मर्छ र छिप्पिएको बोटमा लाग्यो भने जरा गोलो भई कुहिएर मर्छ । यसको नियन्त्रणको लागि बीउ रोपणपूर्व बीउलाई ५० सेन्टिग्रेड तातो पानीमा आधा घण्टासम्म डुबाई उपचार गर्नुपर्छ ।
बाली तयारी तथा तरकारी उत्पादन
विभिन्न जातका मुला एक महिनादेखि दुई वा अढाई महिनासम्ममा तयार हुन्छन् । ताजा तरकारी उपयोगको लागि कलिलो र रमिलो अवस्थामै मुला उखेल्नुपर्छ । मुलालाई राम्ररी धोई पखाली सफा गरी मुठा पारी बिक्री गरिन्छ । ढिलो गरी टिपेको छिप्पिएको र काठ पसेको मुला विवन गाहो हुन्छ। सानो युरोपेली जातका मुला प्रतिरोपनी ४०० किलोसम्म र ठूला(ठूला १५००(२५०० किलोसम्म फल्छ ।
प्रशोधन भण्डारण तथा बजार व्यवस्था
मुलाको जरा टुका गरी मसिना चाना बनाई सुकाइन्छ । यसरी राम्ररी मुकेको चाना पछि तरकारी अभाव भएको मौसममा प्रयोग गरिन्छ । मुला राम्ररी भण्डारणमा भण्डार गरिएमा ५(७ दिन सुरक्षित राख्न सकिन्छ मुला खेती गर्ने कृषकहरूले मुठा पारी खेतमा थोक बिक्रेतालाई वा आफैले बजार पुयाई बिक्री गर्दछन् ।
स्रोत तरकारीबाली विकास केन्द्र खुमलटार , साभार :हेल्लो खबर