बासुदेव पोखरेल भाद्र ०६ गुल्मी /छड्के न्युज-गुल्मीको धुर्कोट गाउँपालिकालेअफगानिस्तानमा रहेका नागरिकहरुको विवरण संकलन गर्न सबै वडाहरुलाई आग्रह गरेको छ। गाउँपालिकाले आइतबार विज्ञप्ति मार्फत गाउँपालिकाका नागरिकहरुको सुरक्षित उद्दारको लागि विवरण संकलन गर्नको सबै वडालाई आग्रह गरिएको धुर्कोट गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका भित्रका आफ्नो आफन्त तथा छिमेकीहरु अफगानिस्तानमा रहेका छन् भने आफ्नो वडाको जनप्रतिनिधि, वडा कार्यालयमा विवरण टिपाउन आग्रह गरिएको छ । गाउँपालिकाको फोन तथा एसएमएस मार्फत नाम, ठेगाना र हाल अफगानिस्तानमा रहेको स्थान सहितको विवरण टिपाउन सकिने छ ।
अध्यक्ष : वसन्त अधिकारी / सम्पादक : सरिता पौडेल / सम्पर्क : ९८५७०६४२५२