छड्के न्युज \गुल्मी -महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर रुरु धार्मिक सेवा सन्चार प्रा.ली. रुरु रिडी र कालीगण्डकी पोष्ट डटकम स्याङ्जाले संयुक्त रुपमा पहिलो पटक रुरु क्षेत्रमा अनलाइन मार्फत तिज गित नृत्य प्रतियोगिता हुने भएको छ । बिश्वब्यापीरुपमा फैलिएको कोभिड १९ अर्थात् कारोना भाइरसको जोखिमका कारण नेपाली नारीहरुको महान् पर्व हरितालिका तीज हराउँदै गएको र नेपाली कला, संस्कृति , भााषा, रितिरिवाज रितिरिवाज , परम्परालाई जोगाइ राख्न कार्यक्रम आयोजना गरिएको रुरुसञ्चार डटकमका अध्यक्ष चुरामणि तिमिल्सिनाले जानकारी दिए ।
साना बालबालिका देखि वृद्ध उमेर समूहका महिलादिदि बहिनीलाई केन्द्रित गरी अनलाईनको माध्यमबाट तीज गित प्रतियोगताको पहिलो पटक रुरुक्षेत्रमा आयोजना गरिएको कालीगण्डकी पोष्ट डटकमका प्रधान सम्पादक यम सोमैले जानाकारी दिए । तीज गित र नृत्य प्रतियोगिता सहभागी हुन भदौ २० बिहान १० बजे सम्म मात्र भिडियो पठाएर सहभागी हुन सकिने आयोजकले जनाएको छ । सहभागी हुन चाहाने प्रतियोगीले चुरामणी तिमिल्सिना र कालीगण्डकी पोष्ट डटकमको फेसबुक पेजमा भिडियो पठाउन सक्नेछन् ।
प्रतियोगिताको नतिजा भदौ २३ गते बेलुका ५ बजे गरिने छ । प्रतियोगिताको छनोट फेसबुक पेज कालीगण्डकी पोष्ट र रुरु धार्मिक सञ्चार प्रा।लिमा अपलोड गरिएको भिडियोमा आएको लाइकको आधारमा बिजेता घोषित गरिने रुरु सन्चार डट्कमका प्रधान सम्पादक बिष्णु प्रसाद पाण्डे जानाकारी दिए । प्रधान सम्पादक पाण्डेका अनुसार प्रथम पुरस्कार ५ हजार , द्धितिय ३ हजार ५ सय तृतिया २ हजार र शान्त्वना १ हजार पुरस्कारको ब्याबस्था गरिएको बताए । प्रतियोगितामा गित संगितमा रुचि राख्ने सबै गित संगित प्रेमीले भाग लिन पाउने छन् ।