राधा पोख्रेल – गुल्मीमा पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।एन्टिजेन परिक्षणको क्रममा ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाको रुरुक्षेत्र गाउपालीकामा १७ जना, मदाने गाउपालीकामा १० जना,छत्रकोट गाउपालीकामा ६ जना,मुसिकोट नगरपालीकामा ३ जना र सत्यवति गाउपालीकामा १ जना गरि ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १९ जना निको भएर डिस्चार्ज भएका छन । जिल्लामा संक्रिय संक्रमित ६ सय ५६ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ९५ जनाले ज्यान गुमाएका छन ।