छड्के न्युज\ भाद्र ४ गुल्मी- गुल्मीको चन्द्रकोट गाउँपालिकामा हरित स्वयम सेवकलाई पोसाक बितरण वितरण गरिएको छ । आठ वटा वडाका ८ जना स्वयम सेवकहरुलाई पोषक वितरण गरिएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी जिल्लाको चन्द्रकोट गाउँपालिकाका ८ जना स्वयंम सेवकलाई जनालाई टिसट , ट्रयाक सुट, सुट, जुता, क्याप र झोला बितरण गरिएको हो । कृषि ज्ञान केन्द्र, गुल्मीको आर्थिक बर्ष २०७७र७८ बाट संचालित जिल्लास्तरमा हरित स्वयम सेवक परिचालन कार्यक्रम जिल्लाको चन्द्रकोटमा पनि स्वयम सेवकलाई पोसाक बितरण गरिएको छ ।
चन्द्रकोट गाउँपालिकालाई कृषिमा आत्मनिर्भर गराई स्वयमसेवकले नमुना फार्म दर्ता गरी कृषिको आधुनिकीकरण गर्न र कृषि उद्यमी सृजना गर्न हरित स्वयसेवक कार्यक्रम संचालनमा ल्याइएको चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोण खत्रीले बताए । कृषि ज्ञान केन्द्र गुल्मी र गाउँपालिकाले संचालन गरेका कार्यक्रमले कृषिमा आत्मनिर्भर बन्न हरित स्वयंसेवकको भूमिका महत्वपूर्ण हुने हुदाँ तोकिएको जिम्मेवारी पुरा गर्न स्वयसेवकलाई गाउँपालिकाका अध्यक्ष खत्रीले आग्रह गरेका छन् ।
हरित स्वयमसेवक कार्यक्रमले गाउँपालिका भित्र कृषि गर्न चाहाने कृषकलाई टेवा पुग्ने र गाउँपालिकाले कृषि क्षेत्रमा फड्को मार्न सक्ने भएकाले यसमा कृषक संगै गाउँपालिका पनि लागी पर्नुपर्ने कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताए । जिल्ला स्तरमा संचालित हरित स्वयसेवक परिचालन गरी कृषिमा आत्मनिर्भर बनाउने उदेश्यका साथ यो कार्यक्रम ल्याईएको र गाउँ गाउँमा यस कार्यक्रमलाई प्रभाबकारी बनाउन आफु र आफ्नो कार्यलयले सक्दो सहयोग गर्न कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख भण्डारीले प्रतिवद्धता दिए । कार्यक्रममा कृषि तथा पशु क्षेत्रको बिकासको निम्ति छलफल तथा अन्तरक्रिया समेत गरिएको थियो ।