गुल्मी- गुल्मीमा पछिल्लो २४ घण्टामा थप ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल २ सय २२ जनामा गरिएको परिक्षण मध्य २७ जना पुरुष र ४४ जना महिला गरि ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल बहादुर कार्कीले जानकारी दिनुभयो ।
संक्रमित हुनेमा सबैभन्दा धेरै जिल्लाको छत्रकोट गाउँपालिकामा ३८ जना,धुर्कोट गाउँपालिका १७ जना र सत्यवती गाउँपालिका ५ जनामा कोरोना पुष्टि भएको छ । यस्तै रेसुङ्गा नगरपालिकामा ४ जना,कालिगण्डकी गाउँपालिका,चन्द्रकोट गाउँपालिकामा २(२ जना,मदाने गाउँपालिका,रुरुक्षेत्र गाउँपालिका र इस्मा गाउँपालिकामा १(१ गरि ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यो सगै गुल्मीमा कोरोना सक्रिय संक्रमित संख्या ७ सय ७९ पुगेको छ।
त्यस्तै,पछिल्लो २४ घण्टामा निको भएर घर फर्किनेको संख्या शुन्य रहेको छ । यो संगै गुल्मीमा अहिले सम्म कुल ४ हजार ७ सय ५० जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ। गुल्मीमा दोश्रो लहरको कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या ९५ पुगेको छ।