काठमाण्डौं-अत्याधिक मात्रामा आवेदन परेको मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर ९आईपीओ० को प्री(अलोटमेन्ट गत बिहीबार सम्पन्न गरेसँगै आईपीओको बाँडफाँड हुँदैछ ।उक्त साधारण सेयर (आईपीओ)को बाँडफाँड भोली भदौ ७ गते सोमबार गर्न लागिएको कम्पनीको आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्गले अर्थ संसारलाई जानकारी दिएको छ ।
संस्थाले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो ।जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका लागि छुट्याइएको थियो ।
अन्तिम दिनसम्ममा २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४ सय ५० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ८३।१० गुणा धेरै हो ।मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । अन्तिम तथ्यांक हेर्दा ३६ हजार ८ सय ५९ जनाले मात्र सेयर पाउने छन् । बाँकी २३ लाख बढी आवेदकको हात खाली हुनेछ ।साभार :सेयर चौतारी