तिलाचन पाण्डे भाद्र १० गुल्मी– जिल्लाको कालीगण्डकी गाउँपालिकाले गत आर्थिक बर्षमा अति बिपन्न १४ जनालाई घर बनाइदिएको छ ।गाउँपालिका भित्रका अति बिपन्न १४ जनालाई मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रम मार्फत घर बनाइदिएको कालीगण्डकी गाउँपालिकाले जनाएको छ । घरको आर्थिक अबस्था कमजोर भएका र अति जीर्ण घरमा बस्दै आएका उनीहरुलाई मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रम मार्फत दूई लाख रुपैयाँका दरले रकम उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिए ।
गाउँपालिका भित्रका अति विपन्नवडा नम्वर दुईबाट शान्ती न्यौपाने, मनरुपा न्यौपाने, नरबहादुर पुलामी , रोमबहादुर श्रीस र मोतीलाल न्यौपाने रहेका छन् । यस्तै वडा नम्वर तीनबाट भीमादेबी आले,वडा नम्वर चारबाट सपना थापा र हरीकला सलामी छन् भने वडा नम्वर पाँचकी भुमादेबी राना ,वडा नम्वर छ का गङगाबहादुर थापा, माया थापा र शेरबहादुर सार्की रहेका छन् ।यस्तै वडा नम्वर सातका दलबहादुर थापाको घर निर्माण भएको छ ।पालिका भित्रका १४ जना बिपन्नहरुकोे घर निर्माण सम्पन्न भइसकेको मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रमकी सहजकर्ता लक्ष्मी ढकालले जानकारी दिइन् ।
वडा नम्वर एकका खगीसरा दर्जी ,मनकली पाण्डे, टिकीसरा राना थापा र यमबहादुर राना को घर यस बर्ष गाउँपालिकाको स्रोतबाट निर्माण गरिदिने गाउँपालिकाले जनाएको छ ।गाउँमा बिपन्न भएका परिवारलाई विभिन्न माध्यमहरुबाट माथी उकास्ने गरी गाउँपालिका लागेकाले उनीहरुको घर निर्माण गरिदिन लागेको गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले बताए ।गाउँपालिका भित्रका नागरिकहरुले दुःख कष्ट सहेर बसेको अबस्थामा उनीहरुको समस्या समाधान गर्ने स्थानीय सरकारको दायित्व भएकाले आँफूहरु लागि परेको उनको दाबी छ ।स्थानीय सरकारले स्थानीय नागरिकहरुको आयआर्जनमा बृद्धि गर्नका लागि विभिन्न सीपमुलक तालिमहरु पनि सञ्चालन गर्दै आएको थापाले बताए । यो समचार पनि पढ्नुहोस्…….https://chhadkenews.com/8803