सरकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उनीहरुको सरुवा गरेको हो ।
हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) मा रहेका एआईजी हरि पालको भने सरुवा गरिएको छैन । अपराध अनुसन्धान विभागमा रहेका एआईजी विश्वराज पोखरेलको मानव स्रोत एवं प्रशासन विभागमा सरुवा गरिएको छ ।
हालै एआईजीमा बढुवा भएका सहकुल थापालाई कार्य विभागको जिम्मा दिइएको छ । प्रहरी एकेडेमीमा रहेका एआईजी प्रद्युम्न कार्कीलाई अपराध अनुसन्धान विभागको जिम्मेवारी दिइएको छ भने एकेडेमीमा एआईजी निरज शाहीको सरुवा गरिएको छ ।