मुसिकोट,गुल्मी । गुल्मीकै ऐतिहासिक धरोहर मुसिकोट दरबार परिसरमा वृक्षारोपण गरिएको छ ।निजामती सेवा दिवसको अवसरमा मुसिकोट नगरपालिका कार्यालयको आयोजनामा सरसफाइ तथा बृक्षारोपण कार्यक्रम गरिएको हो । वृक्षारोपण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण खत्री,वडा नं. ४ का वडा अध्यक्ष ओम बहादुर के सि, कार्यपालिका सदस्यहरु गोबिन्द नेपाली र सरस्वती घिमिरे कोट व्वस्थापन समितीका कार्यवाहक अध्यक्ष पदम बहादुर सिह ठकुरी नगरपालिका कार्यालयका विभिन्न शाखाका प्रमुख तथा कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
मुसिकोट कोट क्षेत्रको पर्यावरण र वातावरणीय स्वच्छता कायम राख्नपारिजात,तेजपत्ता,कल्की,धुपी,केजरीराइना,गोलमोर,चिउरी,लप्सी, अमला प्रजातिका गरी जम्मा १३४ विरुवा रोपण गरिएको हो ।
नगरपालिकाका स्वास्थ्य संयोजक ढाल वहादुर जि.सी.को स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको अध्यक्षता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख प्रकाश घिमिरेले गर्नु भएको थियो । यसवर्ष व्यावसायिक र सिर्जनशील प्रशासन ‘विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ देशभर निजामती सेवा दिवस तिन दिन सम्म भदौ २१,२२,२३ गते मनाइदै छ ।