कृष्ण अन्जान , भाद्र २० गुल्मी । रुरुक्षेत्र गाउँ पालिका १ भट्कुवा ठकुरी टाेलका खिम बहादुर चन्दले दस वर्ष अगाडी व्याएकाे गाईले दश वर्ष देखि निरन्तर दूध दिँइरहेकाे बताउनु भयाे । याे एउटा अनौठाे कुरा थियाे । हुनपनि खिम बहादुर चन्दले पालेकाे गाईले बिगत दस वर्ष देखि निरन्तर दुध दिँदै आएकाे पाईयाे ।
विक्रम सम्बत २०६३ सालमा रुरुक्षेत्र ३ गौतम टाेलबाट खिम बहादुर चन्दले किनेर लगेकाे गाई पछिल्लो पटक २०६८ सालमा ब्याएकाे र त्यसपछि व्याएकाे छैन र विहान साँझ दूध दिएकाे छ । विहान दुई माना र साँझ दुईमाना दूध दिन्छ मज्जाले घिउ लाग्छ अचम्मै भाे! गाईधनि खिम बहादुर चन्द बताउनु हुन्छ । वहर पनि लागेन अब गाई बिग्रियाे भन्ने साेँचे तर गाई त पौराणिक कालका कामधेनु सावित भयाे चन्दले भन्नु भयाे । आफुले बेचेकाे गाई त्यति गुनि निस्केकाे सुनेर रुरुक्षेत्र ३ का शुकदेव गौतम अचम्म पर्दै भन्नु हुन्छ।
मैले सुने गाईले दस वर्ष सम्म निरन्तर दूध दिएकाे छ रे नव्याईकन हेर्न गएकाे छैन एक पटक पुगेर गाईकाे दर्शन गर्ने मन छ । झनपछि झन दूध स्वादिष्ट र पौष्टिक छ र मज्जाका डल्ला घिउ लाग्छ घिउ पनि साहै मिठाे मँग्मगाउँदाे छ । गाईकाे बारेमा सुने पछि अाफुपनि गाई हेर्न भट्कुवा ठकुरी टाेल पुगेकाे रुरुक्षेत्र १ का परमा नन्द ज्ञवालीले बताउनु भयाे । साँच्चै गाई हृष्टपुष्ट लैनाे जस्तै बाल्टिमा गाजलाग्ने गरि दूध दिने र दूध पनि स्वादिष्ट लाग्याे याे त प्रकृतिकाे बरदान नै लाग्याे परमा नन्द ज्ञवालीले भन्नु भयाे ।
याे गाईकाे बारेमा वैज्ञानिक अध्ययन अनुसन्धान हुनु पर्छ यदि यस प्रकारकाे गाईकाे वँसानुगत विकास हुन सक्याे भने किसानलाई सजिलाे हुन्छन् कि ज्ञवालीले भन्नु भयाे । गाई धनि खिम बहादुर चन्द आफ्नाे घरमा चमत्कारी गाई भएर पनि मिडिया बाट टाढा हुनुहुन्छ । वहाँ सँग सेताेमसीले भेट्दा पहिलाे पटक मिडियाले खाेजेकाे प्रतिक्रिया दिनु भयाे । हिन्दु परम्परामा गाईलाई गौमाता भनेर पुजिन्छ सायद गाईले आमाले झैँ दुधले सिँचित गर्ने हुनाले गौमाताकाे रुपमा पुज्य गाई भईन ।
लैनाे हुँदा याे गाई किन्न जति पनि आए तर मलाई बेच्न मन लागेन सयाद मेरा पुर्खाले कुनै पुण्यकाे काम गरेका थिए र गौमाताकाे रुपमा साक्षात कामधेनु गाई मेराे घरमा आईन खिम बहादुर चन्दले भन्नु भयाे । यिनी गाई मेरी आमा समान हुन गाईकाे नजिक जाँदा अास्थाले शिर झुक्ने गरेकाे चन्दले भन्नु भयाे ।