छड्के न्युज डटकम/फागुन ०४ गुल्मी : पछिल्लो समय कोरोना कहरका बिचपनि कृषी तथा पशुपालनमा भबिष्य खोज्दै लाग्नेको संख्या गुल्मीमा दैनिक बढ्दो छ । कृषी र पशुपालनमा राज्यले थुप्रै बजेट खर्चिदैँ आएपनी दिनरात मेहेनत र परिश्रम गर्ने बास्तबिक किसान सम्म पुग्न सकेको छैन् । तर ग्रामिण भेगामा ब्याबसाय गरेर मासिक १ डेढ लाख कमाई हुन्छ भन्दा अचम्म लाग्न सक्छ तर अचम्म मान्नु पर्दैन् ।
गुल्मीको मालिका गाउँपालिका ८ मर्भुङ्ग दघाँसका २६ बर्षिय शाहिल खड्का बैदेशिक रोजगारको लागी कोरियाबाट गाउँ फर्किर आधुनिक प्रबिधिको प्रयोग गरी कुखुरा पालन ब्याबसायबाट मासिक लाखौँ आम्दानी गर्दै आएका छन् । कारोनाका कारण प्रदेशबाट गाउँ फर्किएका शाहिलले प्रदेशमा गर्ने मेहेनत आफ्नै देशमा गर्न सके गाउँमै सुन फालाउन सकिन्छ भन्ने अठोटका साथ ग्लोवल एकिकृत पशुपन्छी फार्म दर्ता गरी फार्ममा २ हजार ५ सय लर्यस कुखुरा पाल्दै आएका छन् । कुखुराले दैनिक १ हजार ८ सय अण्डा दिन्छन् ।
उत्पादन भएका अण्डा प्रतिगोटा १४ रुपैयाँका दरले मालिका र मदाने गाउँपालिका भित्र बिक्रि गर्दै आएका छन् । अथक परिश्रम गरे गाउँमै ब्याबसायबाट मनग्य आम्दानी गर्न सकिने खड्का बताउँछन् ।५ बर्ष कोरियामा बिताएका खड्काको दैनिकी फेरीएको छ । उनी बिहान देखी बेलुका सम्म आफ्नै कुखुराको हेरचारमा ब्यस्त छन् । आफूले ग्रामिण भेगमा केही गर्न खोजेर तर स्थानिय सरकारले वेवास्ता गरेको उनको गुनासो छ । ३० लाख लगानीबाट सुरु गरेको फार्म वृद्धि भई हाल ६० लाख पुगेको छ ।
आफुले गर्न खोजेको ब्याबसायको गहन अध्ययन गरी थालनी गरेमा ब्याबसायले सफलता पाउँने उनी बताउँछन् ।विश्वब्यापी महामारीको रुपमा फैलिएको कारोना भाइरसले देश नै आक्रन्त बन्यो । कोरोनाको कहरमा शहर पसेकाहरु गाउँफर्किन बाध्य भए । कसैले रोजीरोटी गुमाए । तर लकडाउन समय सदुपयोग गर्दै कृषीमा तथा पशुपालमा भविष्य खोज्दै गुल्मी इश्मा गाउँपालिका ५ रातामाटा तिलक पाराजुली र नारायण महतले सामूहिक लगानी गरेर न्यू नमुना कृषी तथा पशुपन्छी फार्म संचालनमा ल्याएका छन् ।पराजुली पेशाले शिक्षक हुन् । गाउँमै रोजगारी सिर्जना गर्दै युवालाई रोक्न आफूले कृषी तथा पशुपालन रोजेको पराजुली बताउँछन् ।
उनीहरुको फार्ममा अहिले कडकनाथ,लोकल,वाइलर,वट्टै गरी झण्डै ४ सय कुखुरा पाल्दै आएका छन् । उनले आधुनिक किसिमको खोर निर्माण गरी २ जनालाई रोजगारी समेत दिएका छन् । फार्ममा उत्पादन भएको अण्डा र कुखुरा स्थानिय बजारमा खपत हुदै आएको छ । कोरोना महामारी कम भएलगत्तै फार्ममा पशुपालन गरेर दुग्ध उत्पादनको सोचमा छन् । स्थानिय सरकार र जनप्रतिनिधिले कृषी र पशुपालनलाई प्राथमिकतामा राखी उत्पादनमा आधारित कार्यक्रम ल्याएपनि त्यो बास्तबिक किसान सम्म राहात पुग्दैन् ।