छड्के न्युज \ भाद्र २२ गुल्मी-गुल्मीको मदाने गाउँपालिका वडा नं १ अग्लुङ्गमा नेपाली काँग्रेसको १४ औं वडा अधिवेशन सम्पन्न भएको छ ।नेपाली काँग्रेस मदाने गाउँपालिका वडा नं १ अग्लुङ्गमा वार्ड अधिवेशन सर्व सम्मत सम्पन्न भएको हो । अधिवेशनले सर्वसम्मत कार्य समिति चयन गरेको छ । सभापतिमा सुशील चन्द चयन भएका छन् । उपसभापतिमा पुर्ण केसी , सचिबमा राम सागर चन्द , सह सचिबमा र दीपा भण्डारी र यम बहादुर चन्द ,कोषध्यक्षमा डिलमाया अर्याल ( बिष्ट ) निर्वाचित भएका छन् ।
वडा कार्यसमितिमा १७सदस्य चयन गरिएको छ ।निर्वाचित काँग्रेस वडा सभापति चन्दले १० बर्ष देखी मदाने गाउँपालिका वडा न १ अग्लुङ्गमा क्रियाशिल रहि काम गर्दै आएका थिए । निर्वाचित काँग्रेस वडा सभापति चन्दले वडाभित्रको काँग्रेसलाई एकढिक्का बनाएर अगाडि बढ्ने बताए ।मदाने गाउँपालिका वडा न १ अग्लुङ्गमा नेपाली काङ्ग्रेस पछाडी रहेको र आउदो स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसलाई वडामा जिताएरै छाड्ने प्रतिबद्धता निर्वाचित वार्ड सभापति चन्दले गरेका छन् ।