भदौ २०,गुल्मी– नेकपा एकीकृत समाजबादी पार्टी सचीव तथा पुर्वमन्त्री रामकुमारी झाक्रीको गृहजिल्लामा नेकपा एमाले र समाजवादी बिच एकता घोषणा कार्यक्रम गरिएको छ ।
सोमबार नेपाल कम्युनिस्ट पार्टी एमाले गुल्मीको पार्टी कार्यालयमा एकता घोषणा कार्यक्रमको आयोजना गरेर नेकपा एकीकृत समाजवादी गुल्मीका जिल्ला अध्यक्ष नरेश भण्डारी,जिल्ला ईन्चार्ज गणेश खनाल सहितका केही नेता एमालेमा फर्किएका छन् ।
एमाले पार्टीलाई सिद्याउन नभइ कम्युनिस्ट पार्टीको आन्दोलनको रुपान्तरण गर्नलाई आफुहरु १ बर्षअघि पार्टी बिभाजन हुँदा एकीकृत समाजबादी पार्टीमा गएको जिल्ला ईन्चार्ज गणेश खनालले बताए ।
आगामी मंसिर ०४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेशसभाको निर्वाचनलाई केन्द्रमा राखेर केहिनेताले बिदेशीको इसारामा चल्ने र ब्यक्तिगत लाभले कम्युनिस्ट आन्दोलनले सार्थकता नपाउने भन्दै आफू लगाएतको टिम एमालेसँगको एकतामा लागेको इन्चार्ज खनालले बताए ।
इन्चार्ज खनालले भने– आगामी निर्वाचनबाट देशमा बामपन्थीको सरकार बन्न सक्यो भने मात्रै देशको राष्ट्रिय स्वाधीनताको रक्षा हुन्छ त्यसैले हामीले गुल्मी जिल्लाबाट देशभर एकताको सन्देश दिन खोजेका हौं ।
नेकपा एसप्रति विभिन्न आरोप लगाउँदै विनासर्त नेकपा एमालेमा समाहित भएका नेता तथा कार्यकर्तालाई एमालेका महासचिव प्रदिप ज्ञवाली र सचीव गोकर्ण बिष्ट लगायत एमालेका जिल्ला स्तरिय नेताले स्वागत गरेका हुन् ।
कार्यक्रममा बोल्दै नेपका एमालेका सचिव तथा पुर्वमन्त्री गोकर्ण बिष्टले एमाले पार्टीलाई थप बलोयो र सुदृढ गरेर अगाडि बढ्न एकताको कार्यक्रमले थप सहयोग पुग्ने बताए ।
कुनै समय पार्टीका देखिएका समस्या र विवादलाई लिएर केही शक्तीले पार्टीको बिभाजनको लागी मलजल गरेर फुटाएको सचीव बिष्टले आरोप लगाए । नेकपा एमालेले आम नागरिकको समस्यामामा आवाज उठाउदै सामाजिक अभियानलाई पूरा गर्ने मदत पुगेको उनले बताए ।
देशको स्रोत र साधनको परिचालन गरेर अगाडी बढ्न नसकेको आरोप लगाउदै नेकपा एमाले बिना समृद्व नेपाल सुखी नेपालको सपना पूरा नहुने पार्टीका उपमहासचिव तथा पुर्वीमन्त्री प्रदीप ज्ञवालीले बताए ।
पुर्वमन्त्री ज्ञवालीले भने पार्टिका कार्यकर्ता कुनै इन्जिनका पुर्जा होइनन जति बेला साचोले खोल्दा खुल्ने र चल्ने त्यसैलाई स्वतन्त्र अधिकार प्रयोग गर्नसकिने उनले सुझाव दिए ।
पुर्वमत्री ज्ञवालीले भने प्रतिपक्ष नेकपा एमालेसङ्ग निर्वाचनमा लढ्न सत्तापक्षले आठ दलको गठबन्धन बनाएर चुनाब लड्दै छ । देशमा एमालेपार्टी बाहेक अरुपार्टीले मुलुकलाई राजनितिक स्थिरता र लथालिङ्ग भएको अर्थतन्त्रलाई चलायमान बनाउन कसैले नसक्ने दाबी गरे ।
यद्यपी, समाजवादीले विज्ञप्ती जारी गर्दै एकता नभएको खण्डन गरेको छ । एकजना दुइजना ब्याक्तीले अबिर र खादा लगाउदैमा पार्टी एकता भन्नू भरम भएको बिज्ञप्तिमा उल्लेख गरेको छ । त्यस्तै, पार्टीले दुबैजनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाएको छ ।
यस्तो छ विज्ञप्ति