कार्यक्रममा वडाध्यक्ष डिलाराम न्यौपानेको अध्यक्षता ,अतिथिहरुमा कार्यपालिका सदस्य रुनमाया सिंजाली,वडा सदस्यहरु सावित्र वि क ,यम वहादुर नेपाली,चुण्ड प्रसाद कंडेल ,कार्यक्रम संयोजक शोभा श्रेष्ठ,ने क पा एमालेका वडा कमिटी सचिव रीता पोख्रेल,स्थानीय सहकारी का प्रतिनिधिहरु रहनु भएको थियो।
कार्यक्रममा स्थानीय वुद्धिजीवि ,समाज सेवी,उद्यमी÷व्यवसायी,सीप विकास तालिम लिई उद्यम व्यवसाय सञ्चालन गर्न इच्छुक व्यक्तित्व लगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा वोल्दै वडाध्यक्ष न्यौपानेले कार्यक्रम गरिवी निवारणको प्रभावकारी माध्यम भएकाले वास्तविक लक्षित सहभागि भएको टोल र वस्ती छनौट गर्नु पर्ने धारणा व्यक्त गर्नु भएको थियो।कार्यक्रममा कार्यपालिका सदस्य सिंजाली,ले पनि स्थानीय स्तरमा उपलव्ध स्रोत तथा साधनलाई उचित सदुपयोग हुने गरी सीप विकास तालिम मार्फत स्वरोजगार वन्ने अवसर मिल्ने भएकाले तालिम तथा कार्यक्रमलाई सवै आ–आफ्नो स्थानवाट सहयोग गरी सफल पार्नु पर्नेमा जोड दिनु भएको थियो।
आव २०७८÷०७९ मा कार्यक्रम सञ्चालनका लागि वडा सो वडावाट वासखर्क,मिनामकोट र घडेरी टोलालाई छनोट समेत गरिएको छ।कार्यक्रम सञ्चालन गरी सम्पन्न पश्चात करिव २० जना सहभागिलाई प्राविधिक सीप विकास तालिम प्रदान गरी व्यवसायिक रुपमा समेत आत्मनिर्भर वन्ने अवसर मिल्ने कार्यक्रमले लक्ष्य राखेको छ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्यक्रम संयोजक श्रेष्ठले कार्यक्रमलाई योजनावद्ध ,सु–व्यवस्थित र प्रभावकारी ढङ्गले अगाडि वढाउन सवै निकायले आ–आफ्नो तह र तप्कावाट आवश्यक सहयोग,समन्वय ,सहकार्य सगै सहजीकरण गरिदिए मात्र कार्यक्रमको लक्ष्य पुरा गर्न सकिने वताउनु भएको थियो।
कार्यक्रमको सञ्चालन उद्यम विकास सहजकर्ता यमुना अधिकारीले गर्नुभयो।
टोपराम केसी/भदौ २९ गुल्मी।- गुल्मीको छत्रकोट गाउपालिका वडा नम्बर ४ दिगाममा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन सम्वन्धमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।
अध्यक्ष : वसन्त अधिकारी / सम्पादक : सरिता पौडेल / सम्पर्क : ९८५७०६४२५२