तिलाचन पाण्डे, असोज ०७ गुल्मी – गाउँपालिका गुल्मी जिल्लामै पहिलो पुर्ण संस्थागत प्रसुती गाउँपालिका घोषण भएको छ ।बिहीबार मालिका गाउँपालिकालाई जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले पुर्ण संस्थागत प्रसुती गाउँपालिका घोषण गरेका हुन् ।
पुर्ण संस्थागत प्रसुती गाउँपालिका घोषण गर्दै पराजुलीले अब घरमै महिलाहरु जोखिम मोलेर बच्चा जन्माउनु पर्ने अबस्थाको अन्त्य भएको पराजुलीले दाबी गरे । उनले पहिले महिलाहरु घरमै जोखिम मोलेर बच्चा जन्माउने गरेको स्मरण गर्द ैकतिपय महिलाहरु स्वास्थ्य संस्थामा जान नपाएर घरमै , बाटोमै आमा र बच्चा दुबैको ज्यान जाने गरेको र अब त्यी अबस्थाको अन्त्य भएको बताए ।
गाउँपालिकाका ८ वटै स्वास्थ्य संस्थाका बर्थिङ सेन्टरहरुबाट सुरक्षित रुपमा प्र्रसुती सेवा प्रदान हुँदै आएको स्वास्थ्य संस्थाका प्रमुख बसन्त राज भुसालले जानकारी दिए ।
आर्थिक बर्ष २०७७।०७८ मा गाउँपालिकाका बिभिन्न स्वास्थ्य संस्थाहरुमा २४३ जना महिलाहरु सुरक्षित रुपमा प्रसुती भएको भुसालले बताए । यस्तै यस आर्थिक बर्षमा २५ जना महिलाहरु स्वास्थ्य संस्थामा प्रसुती भएको जानकारी दिए ।
अहिले गर्भवती महिलाहरुलाई घरदेखी स्वास्थ्य संस्था सम्म र स्वास्थ्य संस्थादेखी घर सम्म निशुल्क एम्बुलेन्सको ब्यबस्था समेत रहेको छ । साथै महिलाहरुलाई स्वास्थ्य संस्थाबाट पाल्पा लगायत अन्य स्थानहरुमा रेफर गर्न परेमा गाउँपालिकाले निशुल्क एम्बुलेन्सको ब्यवस्था गरेको छ ।
वडा नम्बर ६ अर्जैबाट गर्भवती महिलाहरुको पहिचान गर्नका लागि घरमा हरियो झण्डा राखेर सुरु गरिएको थियो । सोही कार्यक्रमलाई प्रभाबकारी बनाउँदै सवै वडामा बिस्तार गर्दै लगिएको र आज आएर गाउँपालिकालाई नै पुर्ण संस्थागत प्रसुती गाउँपालिका घोणण गरिएको गाउँपालिकाका अध्यक्ष रितबहादुर थापाले बताए ।कार्यक्रममा गाउँपालिकालाई पूर्ण संस्थागत प्रसुती गाउँपालिका घोषण गर्न सहयोग गर्ने महिला स्वंयसेबीका ,स्वास्थ्यकर्मी ,पत्रकार लगायत लाई सम्मान समेतगरिएको थियो ।