असोज ०९, बाजुरा–एउटा लगनशिल मेहनती र ईमान्दार कृषक, जो उमेरले ७० नाघीसके । तर पनी वहाँले अहिलेसम्म सरकारी अनुदान प्राप्त भने गर्न सकेका छैनन् । जनु व्यक्ति बाजुराको बडिमालीका नगरपालीका वडा नं। ४ का एक जना अगुवा कृषक देव नाथ हुन। यसपटक पनि कृषि ज्ञान केन्द्रको फलफूल नर्सरी स्थापनाका लागि अनुदान दिने कार्यक्रमका लागि सुचना प्रकासन भएको मिति समाप्त भएको भोलीपल्ट मात्रै उनले जानकारी पाए पछि केही सहयोग पाईन्छ कि भनी कृर्षीज्ञानकेन्द्रसम्म आउदा लाग्यो अलिकति नियमै मिचेरै भएपनि ९राम्रोका लागी० बाजुराको पहिलो नर्सरी धनी कृषकलाई सहयोग गर्नुपर्छ भन्ने र उनको निवेदनलाई समावेश गरी अनुदानका लागि आएका सिफारिसका पहाडहरुलाई पन्छ्याउँदै अनुदान दिने निर्णय गरी काम अघि वढाईयो ।
आज अनुदान लिनका लागि कार्यालयमा आउँदा स्टिमेट भन्दा वढी काम गर्नु भएको थियो तर विल भर्पाई र आवश्यक कागजात मिलाउन सक्ने क्षमता र शैक्षाीक अवस्था दुवै वहाँसँग थिएन र त्यो सवै काममा पनि हामिले नै सहयोग गर्नुपर्यो । सवै काम सकिएर रु १ लाख अनुदान प्राप्त गरेपछि वहाँले भन्नु भयो किसानको पशुपतिनाथ भनेको कृषि कार्यालय रहेछ आज थाहा पाईयो । अनि भन्नुभयो यो अनुदान लिनका लागि गर्नुपर्ने काम र मिलाउनुपर्ने कागजको पिरले हरेक रात अनिदो वित्ने गर्दथ्यो आज गएर आनन्दले निदाउँछु ।वहाँसँग कागतिरसुन्तलारमौसमी ३०००, कफि १० हजार, अनार ओखर अम्वा २००० लगायतका अन्य फलफुलको विरुवा छन् र आगामी दिनमा अझै वढाउने प्रतिवद्धता जनाउदा वडो खुसी लागेर आयो आज जिवनमा पहिलो पटक एक ईमान्दार कृषकले सरकारी अनुदान प्राप्त गरेकोमा । सोच्न वाध्य भईयो एकचोटी ति कामै नगरी विभिन्न तह र तप्काका सिफारिसका आधारमा अनुदानका लागि मरिहत्ते गर्ने महान कृषकहरुको प्रवृत्ति देखेर ।
साभारःमूलधार पोष्ट