छड्के न्युज डटकम/ असोज १३ गुल्मी – बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड-१९को कारण देश लामो सयम लकडाउन भयो । देशको सिङ्गो अर्थतन्त्र धरासय छ । कोरोनाका कारण केही बर्ष देखि खेलकुद तथा साङ्गेतिक कार्यक्रम पनि रोकिदै आएका थिए । कोरोनाको जोखिममलाई मध्य नजर गर्दै देशमा लकडाउन खुकुलो बन्दै गएपछी बिस्तारै देशनै लयमा फर्कन थालेको छ । केहि बर्षदेखी समाजिक क्षेत्रमा सक्रिय “गुल्मी रारा गाइजले” विगतका बर्षहरुमा जस्तै यस बर्षपनि खुल्ला क्रीकेट प्रतियोगिता आयोजना गरेको छ ।
नेपालीहरुको महान पर्व बडा दशैको पावन अबशरमा यहि असोज २२,२३ र २४ गते इस्मा गाउँपालिकाको छल्दीमा क्रीकेट प्रतियोगिता आयोजना गरिएको गुल्मी रारा गाइजले जानाकारी दिएको छ । प्रतियोगितामा सहभागी हुन टिम दर्ता शुल्क ३ हजार राखिएको छ । प्रतियोगितामा प्रथम पुरस्कार घोर्ले बोका,शिल,मेडल र प्रमाणपत्र रहेको रारा गाइजका संयोजक बिशाल श्रेष्ठले जानकारी दिए । श्रेष्ठले उपविजेतालाई पनि चारवटा लोक्कल कुखुरा शिल,मेडल र प्रमाणपत्र पुरस्कार रहेको बताएका छन ।
खेल नक आउट सिस्टममा खेलाइने छ । प्रत्येक म्याचमा “म्यान आफ दि म्याच” प्रदान गरिने र अन्तिममा उत्कृष्ट ब्याट्सम्यान,बलरलाई उचित पुरस्कार प्रदान गरिने श्रेष्ठले बताए । टिम दर्ता फोनबाट गर्न सकिने छ । टिम दर्ताका लागी ९८४७३५८१०१ र ९८४८९३०४९३ मा सम्पर्क गर्न सकिनेछ