शंकर प्रसाद पोख्रेल, गुल्मी ।राष्ट्रिय जनमोर्चाले एमसीसी खारेजीको माग गर्दै गुल्मीमा मसाल जुलुश प्रदर्शन गरेको छ ।शुक्रबार साँझ छत्रकोट गाउँपालिकाकाले लुम्छा बजारमा एमसीसी र संघीयताको विरुद्धमा मसाल जुलुस प्रदर्शन गरेको हो ।त्यसक्रममा एमसीसी खारेज गर, विदेशी हस्तक्षे प बन्द गर, संघीयता चाहिँदैन देश टुक्राउन पाइँदैन, राष्ट्रिय जनमोर्चा जिन्दावाद, नेकपा ९मसाल० जिन्दावाद लगायतका नारा लगाइएको थियो ।
मसाल जुलुशपछि भएको कार्यक्रममा राजमोका जिल्ला नेता गुमानसिंह पुन र श्यामलाल पन्तले सम्बोधन गर्नुभएको थियो। कार्यक्रममा शंकर प्रसाद पोख्रेल, हरि पुन, खिमबहादुर बुचा, खडक बुचा लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
राष्ट्रिय जनमोर्चाले एमसीसीको खारेजी, संघीयताको विरोध तथा राष्ट्रियता र लोकतन्त्र रक्षाका लागि देशब्यापी कार्यक्रम गर्दै आइरहेको छ । सोही क्रममा असोज २० गते सातवटै प्रदेशमा विरोध सभाको आयोजना गरिएको छ ।