गुल्मी । नेपाली कांग्रेस गुल्मीको १४ औ महाधिवेश अन्तर्गत गुल्मीका ९३ वटा वडाको अधिवेशन सम्पन्न भएसङ्गै अहिले गुल्मीमा स्थानीय तह गाउँ नगर अधिबेसनको तयारी जुटेको छ ।गुल्मीको मालिका गाउँपालिकाबाट सभापतिको लागि सोही गाउँपालिका वार्ड न ४ का उपेन्द्र अर्यालले गाउँपालिकाबाट सभापतिमा उमेदवार दिएका छन् ।
२०५१ सालमा नेपाल विद्यार्थी संघमा संगठित भएर राजनीति सुरु गरेका अर्याल स्थानीय चुनाव २०७४ मा मालिका गाउँपालिका ४ अर्खावाङको नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार थिए । हाल उनी नेपाली कांग्रेसले बनाएको मालिका गाउँपालिका छायाँ सरकार प्रमुख छन् । अग्रजको सम्मान, युवाहरुको क्रियाशीलता र आम नागरिकहरूको पार्टी प्रति सकारात्मक चिन्तनलाई सिरोपर गरी समृद्ध मालिकाको लागि सबल कांग्रेस निर्माणमा अनवरत रुपले लाग्ने प्रण गरेर उम्मेदवारी दिएको उनको भनाइ छ ।
मालिका गाउँपालिकाकाे अधिवेशनमा पार्टीको तर्फबाट सभापतिमा अहिलेसम्म अरु कसैले उम्मेदवारी घोषणा गरेका छैनन् । यद्यपि अरुको पनि उम्मेदवारी पर्ने आंकलन गरिएको छ । अर्याल छायाँ सरकार प्रमुख, युवा तथा जुझारु र परिपक्क नेता पनि भएकोले उनको सभापति उम्मेदवारी घोषणाको छुट्टै वजन रहने उनी निकट कांग्रेस कार्यकर्ताहरू बताउँछन् ।( सेतोमसी)