छड्के न्युज डटकम / असोज १८ गुल्मी-गुल्मीमा असोज १९ गते अर्थात् भोली नेपाली काँग्रेस गुल्मीको पालिका तथा नगरमा १४ औं महाधिबेशन हुदैँ छ । यतिबेला गुल्मीमा महाधिबेशनका कारण माहोल तातिरहेको छ । त्यस्तै गुल्मीको रेसुङ्गा नगरपालिकामा नगर सभापतिको लागी चार जनाले आफ्नो उमेद्धवारी घोषणा गरिसकेका छन् । सभापतिको लागी हरि कुमार श्रेष्ठ,जयश्वर पन्थी , गगन केसी र भरत भलामीले उमेद्धवारी घोषणा गरेका हुन् ।
त्यस्तै जिल्लाको कालीगण्डकी गाउँपालिकामा रामप्रसाद न्यौपाने, निम श्रीस र गोबिन्द गौतमले सभापतिको उमेद्धवारी घोषणा गरेका छन् । भने चन्द्रकोट गाउँपालिकामा बिष्णु भण्डारी एकल सभापतिको दाबेदार छन्। सत्यवतीमा बिष्णु भण्डारी र गंगाबहादुर शाही सभापतिका दाबेदार छन् ।रुरुक्षेत्रमा देबेन्द्र मल्ल एकल सभापतिका दाबेदार छन् भने छत्रकोटमा धातानन्द भुसाल,महेश्वर भण्डारी सभापतिको सभापतिको उमेद्धवारी घोषणा गरेका छन् ।
गुल्मीदरबारमा प्रेम पुन,शालीक टण्डन,बाबुराम खरेल र इश्वरी परियार सभापतिको दाबेदार उमेद्धवारी घोषणा गरेका छन् । धुर्कोटमा हरी थापा,लालमणी भण्डारी,तारा भण्डारी र तेजबहादुर बोहोरा सभापतिको दाबेदार छन् । मालिकामा उपेन्द्र अर्याल एकल सभापतिको दाबेदार छन् भने मदानेमा महेन्द्र कुँवर,फर्सुराम भुसाल र राजेन्द्र बिष्टले उमेद्धवारी घोषणा गरेका छन् । इश्मामा शेरबहादुर कुँवर र कृष्ण रिजाल सभापतिका दाबेदार छन् भने मुसिकोट नगरपालिकामा छबिलाल भण्डारी, मोहोन घिमिरे र तीर्थमणी काफले सभापतिको उमेद्धवारी घोषणा गरेका छन् ।