‘जहाँ होचो त्यहिँ घोचो’ । घर गोठसंगै फेर्ने कपडा रहेनन,’पीडत खिम बहादुर भुसालले भने,‘दैव लागेसी जलेको घरमा ढलेको मन बुझाएर बसेका छौ ।’ अहिले दृष्टिबिहिन दाजुभाईको परिवार जलेर खण्डहर बनेको घरको ओत लागेका छन् । ‘गाउँलेले नबस्न भन्थे ।
तर, बारी कुनामा त्रिपालमुनी जाडो थेग्न सकस प¥यो,’उनले भने,‘जोखिम मोलेरै भएपनि जलेको घरकै तलामुनी बसिरहेका छौ ।’ आफ्नो आर्थिक अवस्था नभएपछि सहयोग पाए घरकै पुर्ननिर्माण गर्ने सोच रहेको बताए । गाउँपालिकाले तत्काल केहि खाद्यान्य, कम्बल र त्रिपाल उपलब्ध गराएको वडाध्यक्ष शोभाखर गिरीले जानकारी दिए । जस्तापातासहित अरु सहयोगको पनि पहल भइरहेको गिरीले बताए ।
दृष्टिबिहिन परिवार आगलागीको कारण बिचल्लीमा परेपछि तम्घास तथा बुटवलमा सहयोग अभियान संचालन भएको छ । पीडित परिवारका छिमेकी तथा अभियान्ता शेषकान्त गौतमले परिवार दृष्टिबिहिनसंगै आर्थिक रुपमा बिपन्न भएकाले मानवीय रुपमा सहयोगका लागि सवैलाई आग्रह गरे ।
सोमबार गुल्मी अस्पताल, जिल्ला प्रशासन लगायत तम्घासका विभिन्न व्यक्ति र संस्थाहरुबाट करिव ३० हजार सहयोग संकलन गरिएको गौतमले बताए । ‘गरिव तथा बिपन्न परिवारको दुखमा देखाउने मानवीयतानै सवैभन्दा ठुलो धर्म हो,’उनले भने,‘दृष्टिबिहिन भुसाल परिवारको अवस्था निकै दर्दनाक रहेको छ ।’