आयोगका अनुसार पुस १४ गतेदेखि माघ १३ गतेसम्म नियमित शुल्कमा र माग २० गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नुपर्ने छ । साथै चैत्र १९ गते परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ । त्यसैगरी परीक्षा आवेदन फारम अनलाइनबाट नै भर्ने व्यावस्था गरेको जनाएको छ । प्राथमिक तहको विज्ञापनको विस्तृत जानकारी भोलिको राष्ट्रिय दैनिकमा प्रकाशित गरीने र आयोगको वेबसाइटमा राखिने जनाएको छ ।
आयोगले यस अघि मावि र निम्न माध्यमिक तहको खुला विज्ञापन गरीसकेको छ ।