माघ २७ गुल्मी : गुल्मीको मालिका गाउँपालिका ७ घमिर सिलादीमा बस्दै आएका सुकुम्बासी बस्तीलाई जग्गा खरिद गरी एकिकृत बस्ती निर्माण गरेर गाउँपालिकाले ब्याबस्थापनको प्रक्रिया अगाडी बढाएको छ । २२ बर्ष पहिले साबिकको घमिर गा.बि.समा अबस्थित पुरुङ्गकोट र टुनिखोला भन्ने स्थानबाट केहि परिवार सिदालीको मसानघाटमा जङ्गल फाडानी गरेर खरका झुपडि निर्माण गरी बस्दै आएका थिए ।
सिलादीमा बस्दै आएका सुकुम्बासीलाई सुरक्षित आवास निर्माण र लालपुर्जा दिलाउने नारा बनाएर केहि नेताले चुनाब जिते । तर सुकुम्बासीको समस्या ज्युँ का त्युँ रहदै आएको थियो ।निर्वाचनको समयमा सुकुम्बासी जनप्रतिनिधिले देखाएको आश्पासन र नारा नारामै सिमित हुदैँ आएको बेला सुकुम्बासी समस्या समधान गर्न मालिका गाउँपालिकाले सिलादीमा बस्दै आएका १३ घरधुरीलाई जग्गा खरिद गर्न प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराएको छ । सुकुम्बासीले साबिकको घमिर गा.बि.स डिहीँमा कुल ६ लाख ५० हजार रुपैयाँमा ५ रोपनी जग्गा खरिद गरि सामूहिक लालपुर्जा लिईसकेका छन् ।
खर र सल्लीपिरालले छाएका अध्यारो झुपडिमा बस्दै आएका सुकुम्बासीले लालपूर्जा पाएपछि फेरी मरेको आशा पलाउन थालेको उनीहरुले बताउँछन् ।सिलादीमा बस्दै आएक सुकुम्बासीले मेलापात ,ओध्य ,मजदुरी गरी आफ्नो र परिवारको जिविका चलाउँदै आएका छन् । यहाँका केहि ब्यक्तिले डोका,नाम्ला बुनेर घर खर्च चलाउँछन् । जिल्लाको सदरमुकाम तम्घास सिमलटारीको पक्की सडक खण्डले छोएको छ । तर २२ बर्ष बित्दा समेत यहाँका सुकुम्बासीले खानेपानी , बिजुली , शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आबश्यकताबाट समेत बञ्चित छन् ।
गाउँपालिकाले अनेत्र हेरेको जग्गामा बस्न नमानेका सुकुम्बासी यस जग्गामा बस्न समेत राजी छन् ।सुकुम्बासीको समस्या समधान गर्न खरिद गरेको जग्गामा तुरुन्दै खानेपानी , सडक ,घर निर्माण बिद्यृत लगायतका आधारभूत सेवा सहितको घर निर्माणको प्रक्रियालाई अगाडी बढाएको मालिका गाउँपालिका ७ वडाध्यक्ष बेद प्रसाद पन्थीले बताए ।
हर्नुहोस् एपीवान टेलिजिनको लागी गुल्मी सहकर्मी मनोज कार्कीले तयार पारेको भिडियो रिपोर्ट..