गुल्मी , चैत २६ : सरकारले सडक तथा खानेपानीको क्षेत्रमा विकास गर्ने उदेश्यले थूप्रै राष्ट्रिय गौरवका आयोजना अगाडी सारेपनी सोचे अनुरुपको प्रतिपल कतैबाट पाउन सकेको अबस्था छैन् । त्यस्तै गुल्मी जिल्लामा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा मदन भण्डारी राजमार्ग रहेको छ । गाउँ तथा शहरका बिभिन्न स्थानमा सडक तथा पुल निर्माणको काम भएपनि रिडी तम्घास, सिमलटारी,सौतामारे सडककोे प्रगती शुन्य रहेको छ ।
गुल्मी जिल्लामा २०७५ सालमा मदन भण्डारी राजमार्ग योजना कार्यालय स्थापना भएको छ । सडक मदन भण्डारी राज मार्गमा पर्छ । गुल्मी खण्ड रिडी देखि प्युठान सम्मको दुरी ९२ किलोमिटर रहेको छ ।गुल्मी जिल्ला हुँदै जाने राजमार्गको बिभिन्न कारणले काम सूस्त हुँदै जादाँ प्रगती शुन्य रहेको छ । आर्थिक वर्ष ०७५ ÷०७६ सुरु भएका उक्त आयोजनाले सडकको काम आर्थिक बर्ष २०७९÷ ०८० मा सक्ने लक्ष्य राखेपनी सडकको कामले गति लिन नसक्दा समयमै काम सक्ने छाटँकाट देखिदैन् । रिडि तम्घासको सडकको सर्भे मात्रै भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका इन्जिनियर विरेन्द्र प्रकाश तेलीले जानकारी दिए ।
मदन भण्डारी राजमार्ग स्थापना भएको बषौं भएपनी गुल्मी खण्डमा प्रगती शुन्य छ । मुख्य सिमाङकनमा समय लाग्दा राजमार्गको कामले गति लिन सकेको छैन् । मदन भण्डारी राजमार्गको बिषयलाई लिएर कतै नागरिक हौसिएका छन् त कतै आक्रोसित समेत बनेका छन् । तम्घास सिमलटारीको सडक कालोपत्रेको काम भएपनी सडकमा खाल्डा खुल्डी पर्ने गरेका छन् । खोलामा पुल नहुदाँ जिल्लाको सदरमुकाम तम्घासमा आवाज जावत गर्न समेत ग्रामिण भेगका जनताले आवाजजावतमा ठुलो सास्ती खेप्नु परेको छ । बषौं बितेपनी समस्या ज्युँ का त्युँ रहेको स्थानिय प्रमिला कार्कीले बताए । यो राजमार्गमा कसैको ध्यान पुग्न नसकेको स्थानियको आरोप छ ।
नेताहरुले जनतालाई दिएका आश्पासन भने भाषण र नारामा मात्रै सिमित छन् । पुर्वमन्त्री तथा गुल्मी क्षेत्र नं १ का सांसद प्रदीप ज्ञवाली, पूर्वमन्त्री तथा क्षेत्र नं २ सांसद गोर्कराज बिष्ट,शहरी बिकास मन्त्री रामकुमारी झाक्रि, काँग्रेका केन्द्रिय नेता चन्द्र भण्डारी , पुर्व लुम्बीनी प्रदेश सामाजिक बिकास मन्त्री सुदर्शन बलाल यही सडक हुदैँ हिडडुल गरेपनी सडकको गुणस्तर र कामको ढिलासुस्तीमा समेत नेताको ध्यान पुगेको देखिदैँन । मदन भण्डारी राजमार्गको नाम भन्दा बदनाम बढी भएको स्थानिय धनिश्वर अर्याल बताउँछन् ।
रिडी बलकोट सडकको ११ प्रतिशत काम भएको छ भने रिडी तम्घास सडक खण्डको काम नै भएको छैन् । तम्घास सिमलटारी सडक कालोपत्रे गर्ने कार्य भएपनि बिच बिचमा पक्की पुल नहुँदा स्थानीयलाई सास्ती हुँदै आएको छ । राजमार्गको झर्ना खोलामा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अर्जै खोला, हुलाके, फुलवारी र घमिर खोलामा पुलको लागी टेण्डर भएको भने केही स्थानका सडक तथा पुल डिपिआर भई ठेक्कामा जाने चरणमा छन् । यस राजमार्गले जिल्लाका बिभिन्न स्थानका भित्रि सडकमा काम गरिरहेको छ । हाल जिल्लामा ३७ वडा सडक , १० वटा पुल निर्माणको काम भईरहेका छन् ।
हेरौं एपीवान टेलिभिजनका लागी गुल्मीबाट मनोज कार्कीले तयार पारेको रिपोर्ट…….