कार्तिक २३,गुल्मी- आगामी मंसिर ४ हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन नजिकिए संगै गुल्मीमा पनि चुनावी सरगमी बढेको छ ।यतिबेला राजनितिक दलका उम्मेदवार तथा कार्यकर्ता भोट माग्न मदताताको घरदैलो देखि खेतबारीमा पुगिरहेका छन् । अघिल्ला सनर्वाचनमा नेताले जनतालाई दिएका आश्पासन पुरा नहुदाँ यसपटकको निर्वाचनमा मतदाता खासै उत्साहित देखिदैंनन् । तर पनि आफ्नो हातमा जित ल्याउन राजनितिक दलका उम्मेदवार र कार्यकर्ता मतदातालाई सक्दो रिजाउने प्रयासमा छन् । प्रतिनिधि को संघिय निर्वाचनमा पहिले सहयोद्धा, अहिले प्रतिस्पर्धी दुई चर्चित नेताको उम्मेदवारीले गुल्मी क्षेत्र नं. २ मा निकै प्रतिस्पर्धा र रोचक हुने देखिएको छ ।
यस क्षेत्रमा नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्ट र नेकपा एकीकृत समाजवादिकी केन्द्रीय सचिव रामकुमारी झाँक्री यो निर्वाचनमा कडा प्रतिस्पर्धीका रुपमा उभिएका छन् । कुनै बेला गोकर्ण विष्टको लागि नै मत माग्न हिडेकी झाँक्री अहिले उनैको प्रतिस्पर्धी बनेर चुनाबी मैदानमा होमिदाँ कुन उम्मेदवारलाई मत दिने बिषयमा मतदाता समेत अन्योल छन् । यस क्षेत्रलाई केन्द्र देखि नै महत्वका साथ हेरिएको छ । साझा गठबन्धन कि उम्मेदवार झाक्रीँ २०७४ सालको चुनावमा नेकपा एमालेबाट समानुपातिबाट सांसद भएकी थिइन् । जनताले सांसद बनाएर पठाएपनि आफ्नो क्षेत्रको विकास र मतदातालाई दिएका प्रतिवद्धता समेत भुलेर काठमाडौंमानै बसेको केहि मतदाता गुनासो छ ।
एमाले पार्टी विभाजनपछि अझ चर्चामा आएकी रामकुमारी केहि समय शहरी विकास मन्त्री भएकी थिइन् । आफु मन्त्री हुदाँ गुल्मी जिल्लासंगै देशको विकासका निम्ती थुप्रै पहल गरेको र यस पटकको निर्वाचनमा आफूलाई मतदाताले भारी मतले जिताउने झाक्रीँ बताउँछिन् । गुल्मीको क्षेत्र नं २ मा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुमध्ये सबभन्दा बलियो कांग्रेस छ । अहिले आफ्नो प्रतिस्पर्धि गोकर्णराज विष्ट हुदाँ आफुहरुको मित्रवत प्रतिस्पर्धा हुने झाँक्रीको भनाइ छ ।
अनेरास्ववियुबाट स्थापित झाँक्री पहिलो पटक ५ दलिय सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पहिलो महिला उम्मेदवार बनेकी छन् । तर उनले सोचेँ जति सजिलो भने छैन् । किनकि नेकपा एमालेका सचिव तथा यस क्षेत्रका उम्मेदवार गोर्कणराज विष्ट २५ बर्षदेखि यहि क्षेत्रमा छन् । झाक्रीँ आवद्ध एकिकृत समाजबादी पार्टी गुल्मीमा कमजोर देखिन्छ । सम्पन्न स्थानिय तहको निर्वाचनमा एकीकृत समाजवादीको जम्मा ६५८ मत मात्र रहेको छ । एकीकृत समाजवादीको मत खासै धेरै नरहेकोले निर्वाचित हुनको लागि कांग्रसकै भर पर्नुपर्ने देखीएको छ ।
केहि समय अगाडी एक कार्यक्रमका विच एकीकृत समाजबादी पार्टी जिल्ला अध्यक्ष र इन्चार्ज लगाएतका नेताहरु एमालेमै फर्किएका छन् । यसले झाँक्री र पार्टीलाई ठूलै झट्का लागेको छ । लामो समय राजनीति गरेपनि आफू मन्त्री हुदाँ देखिनेगरी काम गरेको बताउदै झाक्री अहिले मतदाताको मन जित्ने कोशिशमा छिन् ।
२०५६ देखि चुनाव लडेका विष्टको प्रतिनिधिसभामा यो पांचौ पटकको उम्मेदवारी हो । एमाले नेता विष्ट २०६४ सालमा माओवादी नेता चन्द्र थापा सागर संग पराजित भएका थिए । विष्ट ०६४ बाहेक ३ पटकका निर्वाचनमा भारी मतले विजयी प्राप्त गर्दै आएका छन् । एमाले नेता विष्ट उर्जामन्त्री र श्रम तथा रोजगार मन्त्री बन्दा राष्ट्रिय रुपमा चर्चा कमाएका विष्टले गुल्मी–२ मा सडक संरचना एवं पूर्वाधार विकासमा थुप्रै काम गरेका आधारमा जित्ने दाबी गर्दछन् ।
एउटै दलबाट विभाजन भएका दुई उम्मेदवार फरक एजेण्डा बोकेर भोट माग्दै आउँदा मतदाता कसलाई मत दिने अन्योलमा छन् । गुल्मी क्षेत्र नम्बर २ मा १ लाख ४ हजार ३ सय ७ मतदाता छन् । यसपटकको निर्वाचनमा जित कस्ले हात पार्ने त्यो भने मंसिर ४ ले बताउने छ ।