छड्के न्युज / कार्तिक २६,गुल्मी– गुल्मी जिल्लाको मालिका गाउँपालिका ७ घमिरमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं युवा नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गरेका छन् । शुक्रबार चुनाव प्रचारप्रसार तथा मतदाता घरदैलो कार्यक्रममा विभिन्न दलका दर्जनौं युवा एमालेमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई नेकपा एमालेका पार्टी सचिव तथा गुल्मी क्षेत्र नम्बर २ का उम्मेदवार गोर्कण विष्टले फुलमाला र टिकाले स्वागत गरेका हुन् । गठवन्धन सरकारले जनताका माग र आबश्यकता पूरा नगरी भ्रम सिर्जना गर्ने, मुलुकलाई आर्थिक संकट तिर धकेल्न खोजेकाले यसबाट आफुहरुले मुक्ति नपाउने भएकाले एमाले पार्टी रोजेको नवप्रबेशीले बताएका छन् ।
एमाले बिष्टले नवप्रबेशी युवालाई स्वागत गर्दै नेकपा एमाले मुलुक र जनताको पार्टी भएकाले सबैको रोजाइमा पर्न थालेको बताए । देशमा बिकाशका लहर ल्याउने पार्टी एमाले भएकाले आसन्न निर्वाचनमा गुल्मीका सम्पूर्ण उम्मेदवारलाई विजयीका निम्ती सबैलाई लाग्न समेत आग्रह गरेका छन् ।