बागलुङ – बागलुङको ढोरपाटन नगरपालिका नगर प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएको छ महिनापछि समाजिक संञ्जाल फेसबुकमार्फत सम्पर्कमा आएका छन् ।
उनले आफ्नो व्यक्तिगत फेसबुकमार्फत बचत कर्ताहरुलाई आफू जिउधनको सुरक्षा नभएका कारण केही समय टाढा बस्नु परेको बताएका छन् । शेयर सदस्यले नै इमेज सहकारी ब्यूताउदै भन्ने समाचार प्रकाशित भएको भोलिपल्टै नेपाली फेसबुक लाईभ मार्फत सम्पर्कमा आउनुभएको छ ।
उहाँले मेरो घरमा हतियार सहित ज्यान मार्ने धम्की दिएको र छ लाख बचत भएकाले करोडौको घर मागेको भन्दै वेपत्ता हुनुपरेको बताउनुभयो । संस्थापक अध्यक्षकै हैसियतले वक्तव्य निकालेर जानकारी समेत दिएको भन्दै उहाँले लाईभ मार्फत इमेज सहकारीको समस्या व्यवहारिक रुपमा समाधान गर्ने बताउनुभयो ।
मेरो चल अचल सम्पती पुरै बागलुङमा रहेको भन्दै कर्मचारीले आफुलाई असहयोग भएको बताउनुभयो । उहाँले नगरप्रमुख भएर वुर्तिवाङमा बस्दा सहकारीमा समय दिन नसकिएको स्विकार गर्नुभयो । उहाँले इमेजमा बचत कर्ताहरुले भनेजस्तो पुरै डिपोजिट नभएको जिकिर गर्नुभयो ।
कर्मचारीहरुले मनोबोली ढंगले ऋण लगानी गरेको समेत उहाँले जानकारी दिनुभयो । केही साथीहरु छ महिना सम्म बचत फिर्ता गर्ने समय सम्म धैर्य गर्न नसेको बताउनुभयो । उहाँले आफ्नो घर जग्गा विक्रि गरेर बचत फिर्ता गर्ने बातावरण मिलाउन वचतकर्ता तथा शेयर सदस्यहरसंग आग्रह गर्नुभएको छ । आदर्श अनलाइन