नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी गुल्मीको बैठक सम्पन्न भएको छ। साेमवार जिल्लाकाे सदरमुकाम तम्घासमा जिल्ला कमिटी गुल्मीका अध्यक्ष श्रीराम महतको अध्यक्षतामा उक्त वैठक सम्पन्न भएको हो। पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश उप सचिव अब्दुल हुसेन खानकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
बैठकले आगामी राष्ट्रिय महाधिवेशन केन्द्रीत संगठन विस्तार तथा सुदृढीकरण अभियानबारे छलफल गरी विभिन्न निर्णय गरेकाे छ । पार्टी सदस्यता बिस्तार, बितरण, ननिकरण, पालिका कमिटी, वडा कमिटी, टोल कमिटी, पेशागत कमिटी र जनवर्गीय कमिटी अध्यावधि, गठन तथा पुनर्गठन गर्ने तथा जिल्ला कमिटी र माथिका कमिटीका नेताहरुलाइ आफ्नो भुगोलमा थप ब्यवस्थित रुपमा परिचालन र जिम्मेवार भएर लाग्ने समेत निर्णय भएको जिल्ला कमिटी अध्यक्ष श्रीराम महतले जानकारी दिनुभएको छ।
गुल्मीका सबै पालिकामा गएर जनताका काम भए नभएको तथ्यांक संकलन गरि जनताबाट आएको सुझाव सल्लाह लिएर पालिकामा सुझाव पत्र बुझाउने बिकास निर्माणका कार्यमा अग्रसर हुन सुझाव तथा सहयोग गर्ने समेत निर्णय भएको उपाध्यक्ष चन्द्र सुनारले जानकारी दिनु भएको छ ।
बैठकमा विभिन्न पार्टी परित्याग गरि १८ जना एकीकृत समाजबादी पार्टिमा आएको पार्टिका प्रदेश कमिटी सदस्य बालकृष्ण बरालले बताउनु भयो ।
केन्द्रीय सदस्य तथा गुल्मी ईन्चार्ज प्रमेश पाेखरेल,केन्द्रीय सल्लाहकार परिषद् सदस्य नरेन्द्र किरण ठकुरी , हरि छन्तेल लुम्बिनी प्रदेस कमिटीका सदस्यहरू लगायतको उपस्थितिमा बैठक बसेको थियो।
बैठकले पार्टीको दुई महिने अभियानको कार्ययोजना, जिम्मेवारीको कार्यविभाजन र जिल्ला पार्टीको विविध विषयमा छलफल गरि सर्वसहमतिमा पारित गरेको समेत जिल्ला कमिटी अध्यक्ष श्रीराम महतले जानकारी दिनुभएको छ ।