सागर भण्डारी, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–७ वामीटक्सार बजारमा जारी दोस्रो मुसिकोट महोत्सव तथा औधोगिक एवं व्यापार मेला दोश्रो दिन भव्य बनेको छ । मुसिकोट महोत्सव तथा औधोगिक एवं व्यापार मेलाको प्रमुख अतिथि तथा मुसिकोट नगरपालिकाका मेयर जीवन खरेलले शुक्रवार उद्घाटन गर्नुभएको थियो ।
दोश्रो दिनको कार्यक्रममा नगरउपप्रमुख गंग्गा श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । शनिवार दोश्रो दिन उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । भने भलिबलको उद्घाटन खेल सम्पन्न भएको छ । जसमा मुसिकोट युवा क्लव र मुसिकोट नगरपालिकाको समुह अघिल्लो चरणमा प्रवेश गरेका छन् । त्यस्तै मुसिकोट गायन आईडल पनि सुरु भएको छ । त्यस्तै राष्ट्रिय कलाकारहरु श्याम राना, सुनितामी परियार, शुशिला गौतम, उज्जवल गिरी, सिमा थापा लगायतको सांस्कृतिक प्रस्तुती रहेको थियो ।
दोश्रो दिन मुसिकोट नगरपालिका वडा नं ८ को सोरठी नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन चर्चित उद्घोषक एवं पत्रकार भुवन भुषालले गर्नुभएको थियो । गुल्मी मुसिकोट उद्योग वाणिज्य संघको आयोजनामा शुक्रवार देखि सुरू भएको महोत्सव २१ गतेसम्म संचालन हुनेछ ।
महोत्सवमा जिल्लामा रहेका साना तथा मझौला उद्योगबाट उत्पादन हुने सामग्रीहरूको प्रदर्शनी, कृषि प्रर्दशनी, शैक्षिक प्रदर्शनी, खुल्ला भलिबल प्रतियोगीता सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।
महोत्सवमा विभिन्न औधोगिक क्षेत्रबाट उत्पादित सामग्री सँगसँगै गुल्मी जिल्लाका विभिन्न जाति विशेषका खानाका परिकार, विविध संस्कृति झल्कने झाँकी दैनिक रुपमा प्रस्तुत गरिने गुल्मी मुसिकोट उद्योग वाणिज्य संघका अध्यक्ष गोपीकृष्ण खरेलले बताउनुभयो ।
‘मुसिकोट उद्योग वाणिज्य संघका वारिष्ठ उपाध्यक्ष ज्ञानहरि सापकोटाका अनुसार आईतबार तेश्रो दिन भलिबल खेलको दोश्रो चरणका खेलहरु, मुसिकोट गायन आईडलको दोश्रो चरणका कार्यक्रम सहित डान्स आईडल शुभारम्भ र नेवार समुदायको लाखे नाँच प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै लोक तथा दोहोरी गायक पशुपति शर्मा, संगीता चितौरे, उज्जवल गिरी, एशियाकै होँचो व्यक्ति मनोज गोर्खाली लगायतको प्रस्तुती रहनेछ ।