कृष्ण अन्जान , छड्के न्युज गुल्मी/ पोहोर साल रुरु एक च्यूृरेक ठाडाबाटाकी एकसय दस वर्षे जमदार्नी आँबैले पानीको समस्या सुनाउँदा साह्रै नमज्जा लाग्यो । तर जमदार्नी आँवै इन्द्र कुमारी क्षत्रिले गुनासो गरेको एक वर्ष नबित्दै तिनै आमाको घरमा पानीको धारो खसेको छ । यतिबेला रुरुक्षेत्र गाउँ पालिका १ को च्यूरेक गाउँका वासिन्दा हरुमा खुसियाली छाएको यसको कारण एक घर एक धारा कार्यक्रमको सफलता हो ।
च्यूृरेक गाउँबाट करिब पाँचकिलोमिटर टाढा तिल्केनिबाट ल्याईएको पानी ठाडाबाट मा एउटा टँकि र बिसौनामा अर्को टँकि खसालेर मध्य च्यूरेकका पच्चीस घरलाई एक घर एक धाराको व्यवस्थापन गरिएको च्यूरेक खानेपानि उपभोक्ता समुहका अध्यक्ष युवराज ज्ञवालीले जानकारी दिनु भयो ।मध्य च्यूरेकका वासिन्दाका लागि धारा जोडियो अब जानपाटा देखि ठुलापोखरा सम्मका वासिन्दाका लागि आँपखर्कमा टँकि निर्माण गरि एकघर एकधारा वितरण प्रकृया मिलाउने हो अध्यक्ष ज्ञवालीले भन्नु भयो ।
मध्य च्यूरेकमा एक घरएक धाराका लागि प्रदेश सरकारको बजेट व्यवस्थापनमा पहल यसक्षेत्रका युवा नेता यदु ज्ञवालीले गर्नु भएको च्यूरेक खानापानी उपभोक्ता समितिका सचिव वसन्त क्षेत्रीले बताउनु भयो ।च्यूरेकको खानेपानी समस्याका बारेमा विभिन्न निकाएमा हामिले हार गुहार गर्यौँ तर कतै पहुँच नपुगेपछि यदु ज्ञवाली सँग पुग्यौं र सहजरुपमै हामीलाई बजेट व्यवस्था भयो र काम पनि सम्पन्न हुँदैछ सचिव बसन्त क्षेत्रीले भन्नु भयो ।प्रदेश सरकारको करिब २३ लाख रकमले मध्य च्युरेकमा एकघर एकधारा जोडिएका छन र माथिल्लो च्यूृरेकमा पनि त्यतिको सँख्या धारा जोडिने गरि काम शुरु भएको उपभोक्ता समितिका अध्यक्ष युवराज ज्ञवालीले जानकारी दिनु भयो ।
यो पटक पनि प्रदेश सरकारले १८ लाख छुट्टयाएको सुनेका छौँ हाम्रो एक घर एक धाराको सपना साकार हुने भयो अध्यक्ष ज्ञवालीले खुशि व्यक्त गर्नु भयो ।करिब पच्चीस वर्ष अघि निर्माण भएको जनैढुँगा च्यूरेक खानेपानी आयोजनाले सिमित धाराहरुबाट पिउने पानी बितरण भएको मा पछिल्लो चरणमा एकघर एक धारा कार्यक्रमले साँच्चै च्यूरेककी समुदायमा विकासको नयाँ आयाम थपिएको अनुभुति भएको छ ।
सातकिलोमिटर टाढाको जनैढुँगाबाट जनश्रमदान परिचालन गरि च्यूरेकी जनताले हातमा ठेला पारेर सँघर्ष गरि ल्याएको पिउने पानीको ढाइ दशक पछि बल्ल एकघर एकधारा को व्यवस्थापन हुँदा च्यूृरेक वासिको खुशिको सिमा छैन ।विकासलाई राजनितिक पुर्वाग्रहको रुपमा हेरिनु हुन्न भन्ने बुझेका च्यूरेकी जनता भोट बैँकको रुपमा प्रयोग भई रहेपनि पहुँच बाट टाढा र कसैले ध्यान नदिईरहेको अवस्थामा पछिल्लो चरणमा रुरुक्षेत्रका युवा नेता यदु ज्ञवालीको सदासयता र गुल्मेली नेता सुदर्शन बराल प्रति कृतज्ञ देखिएका छन । साभार :रुरु एफएम