काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद्को हलमा सुरु भएको छ ।
बैठकमा बुधबार बस्न लागेको संसद अधिवेशन, बजेट, अध्यादेशलगायतका विषयमा छलफल हुने जनाइएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गते बुधबार अपरान्ह ४ बजेका लागि संसद अधिवेशनको आह्वान गरेकी छन् ।