किरण अधिकारी/ छड्के न्युज डटकम– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत इस्मा गाउँपालिका वार्ड नं ३ र ५ दर्लामचौर र रजस्थल मा अधिवेशन सम्पन्न भएको छ। अधिवेशन बाट वडा नं ३ सर्बसम्मत सभापति मा केशवराज कुवंर लाई चयन गरिएको छ। भने वडा नं ५ मा रामलाल अर्याल लाई चयन गरिएको छ।
वडा नं ३मा सभापति केशव कुवंर सहित २५ जना प्रजातान्त्रिक क्रियाशील कार्यसमिति गठन गरिएको छ। भने वडा नं ५ रामलाल अर्याल को सभापतित्वमा २६ जना वडा प्रतिनिधि गठन गरिएकोे। तरूण दल क्षेत्रीय अध्यक्ष झबिन्द्र अर्याल जानकारी दिनुभएको थियो। साथै वडा नं ३ सोभाखर घर्ती को अध्यक्षतामा नेपाली कांग्रेसको भात्री संगठन तरूण दल ५१ कार्यसमिति सदस्य समेत गठन गरिएको नेपाली कांग्रेसका नव निर्वाचित सभापति केशवराज कुवंर ले जानकारी दिनुभएको थियो।
वडा नं ३ मा सोभाखर घर्ती को नेतृत्व मा गोर बहादुर मुखिया ( नारीकोटे) , लगायत १५ जना र वडा नं ५ रजस्थल मा रामबहादुर महतारा , राम बहादुर पछाई सहित एकदर्जन भन्दा बढी एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको प्रमुख अतिथि भगत सिंह खड्का ले जानकारी दिनुभएको थियो।
नेकपा एमाले भित्र भैरहेको चरम राजनीतिक बेथिति स्थानीय सरकार ले गर्दै आएको व्यापक भष्ट्राचार अनियमितता इस्मा गाउँपालिकामा हुने हरेक विकास निर्माणका कार्यहरूमा आफ्ना मान्छेहरू लाई मात्र पोस्ने काम भएको हुँदा काँग्रेसमा प्रवेश गर्ने हरूले बताएका छन।
उनीहरुले यहाँका जनप्रतिनिधिले राजनीतिक आग्रह पूर्वाग्रह राखेको आरोप लगाएका छन् । गाउँपालिकामा हुने हरेक क्रियाकलापमागरीब, दीन दुःखीलाई हरूलाई उपेक्षामा राखेर काम गरेको र इस्माका जनप्रतिनिधिहरुले आफ्ना आसेपासे र नातेदारहरुलाई मात्र प्राथमिकता दिएको आरोप लगाएका छन। ।जनप्रतिनिधि हरुका गतिविधिहरु प्रति चरम असन्तुष्टि जनाउँदै कांग्रेस पार्टी अगाँलेको बिपीको समाजवादको सिद्धान्तमा एकताबद्ध हुन काँग्रेसमा प्रवेश गरेका हरूले बताएका छन् भने वडा नं ५ को कार्यक्रमको प्रमुख अतिथि भगत सिंह खड्का
विशेष अतिथि नेपाली कांग्रेसका जिल्ला सदस्य नारायण रिजाल र तरुण दल क्षेत्रीय अध्यक्ष झबिन्द्र अर्याल लगायत अन्य अतिथिहरुको रहेको थियो। कार्यक्रम भब्यरुपमा सम्पन्न भएको नेपाली कांग्रेस ईस्मा गाउँपालिका वडा नं ३ र ५ ले जनाएको छ।