विश्वकर्मा बाबाको पूजाको अवसर पारेर गुल्मीदरबार गाउपालिकाका कार्यवाहक अध्यक्ष एवम् कार्यक्रमकी प्रमुख अतिथि मिना भण्डारीले मन्दिर उद्घाटन गरेकि हुन । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले धार्मिक तथा पर्यटकीय स्थलहरुको संरक्षण तथा प्रचारप्रसारमा गाउपालिकाले जोड दिएको र हिन्दु धर्मावलम्बीको आस्था र विश्वासको धरोहर मानिने बिस्वकर्मा मन्दिर चारपालामा निर्माण भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनी गाउपालिकाको सहयोगमा कुनै कमी आउन नदिने प्रतिबद्द्ता समेत ब्यक्त गरिन । कार्यक्रम नौमती बाजा, स्थानिय कला सस्कृतिको प्रस्तुतीकरण , मन्दिरमा बिशेष पूजा आजा र सवारी साधनहरुको पुजा गरि उद्घाटन गरिएको हो ।
विश्वकर्मा बाबाको पूजा गर्नाले सवारी साधन राम्रोसँग चल्ने, फलिफाप हुने, सवारी साधनहरु दुर्घटनामा कमी आउने भन्ने बिश्वासका साथ मन्दिर निर्माण गरिएको अध्यक्ष सुनारले बताए । रु ८० हजार बराबरको बिश्वकर्मा बाबाको मुर्ति स्थानीय जित बहादुर नेपालिले र रु ९ हजार बराबरको गजुर जङ्ग बहादुर नेपालीले मन्दिरलाइ सहयोग गरेका छ्न ।आज मन्दिर उद्घाटन कार्यक्रममा भलायचौरका हर्क बहादुर खत्रीले खत्री परीवारबाट रु १५ हजार , समाजसेवी धनेन्द्र कार्कीले रु ५ हजार ५ गरी बिभिन्न व्यक्तिहरुको सहयोगमा रु ५० हजार भन्दा बढि रकम संकलन भएको छ ।
निर्माण समितिका सदस्य प्रेम सुनारको स्वागत रहेको कार्यक्रममा गुल्मीदरबार गाउपालिका कार्यपालिका सदस्य इश्वरी परियार , वडा नम्बर –७ का कार्यवाहक अध्यक्ष शालिक टण्डन , विभिन्न समाजसेवी चन्दादाता लगायतको शुभकामना मन्तव्य रहेको थियो ।कार्यक्रमको सन्चालन गुल्मीदरबार गाउपालिका न्यायिक समितिका सदस्य हरि प्रसाद अर्यालले गरेका थिए ।