गुल्मी- गुल्मीका एक जना प्रशिक्षार्थी चित्रकारले गुल्मीका प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईलाई आफ्नो प्रतिभा सहित सम्मान प्रकट गरेका छन् । जिल्लाको इस्मा गाउँपालिका–३ दर्लामचौर निवासी प्रशिक्षार्थी चित्रकार गोकर्ण नेपालीले एसपी भट्टराईको मुहारको प्रतिविम्व हातले कोरेर हुवहु उतारेर फेरेम बनाई हस्तान्तरण गरि सम्मान प्रकट गरेका हुन् ।
‘एसपी साव’ गुल्मी आई सके पछि पत्ता लाग्न नसकेका धेरै ठुला अपराधका घटनामा संलग्नहरुलाई पक्राउ गरि कानुनी दायरामा ल्याउनु भयो र अन्य धेरै राम्रा कामहरु गर्नु भयो त्यसैले म एक गुल्मीको नागरिकको हैसियतले उहाँ प्रति सम्मान प्रकट गर्न उहाँको स्केच तयार पारेको हुँ ’–नेपालीले भने–‘ उहाँबाट अझ बढि राम्रा कामको अपेक्षा राख्द छु । ’
हातले कोरोको आफ्नो प्रतिविम्व ग्रहण गर्दै एसपी भट्टराईले प्रहरीको काम–कर्तब्यलाई मुल्याङन गरि सम्मान प्रकट गरेको भन्दै मा प्रतिभाशाली नेपालीलाई धन्यवाद दिए । त्यस्तै एसपी भट्टराई संगै गुल्मीको पत्रकारिता क्षेत्रमा उल्लेखनिय भुमिका खेलेको भन्दै पत्रकार प्रेम सुनारको प्रनि प्रतिविम्व तयार पार्दै प्रशिक्षार्थी चित्रकार नेपालीले सम्मान प्रकट गरेका छन् ।
चित्रकार नेपालीले जिल्ला ट्राफिक कार्यालय प्रमुख असाई कृष्णप्रसाद आचार्य र हवल्दार नविन भण्डारीले पनि गुल्मी जिल्लामा प्रशंसनिय कार्य गरेको भन्दै दुबै जनाको प्रतिविम्व तयार गरि तयार पारि सम्मान प्रकट गरका छन् । उनले गुल्मी क्षेत्र नम्वर २ का सांसद तथा पुर्वमन्त्री गोकणराज बिष्टले पनि जिल्लाको विकास निर्माणमा उल्लेखनिय योगदान पुराएको भन्दै गत बर्ष प्रतिविम्व तयार पारि सम्मान प्रकट गरेका थिए ।
त्यस्तै उनले चर्चित सञ्चारकर्मी रवि लामिछाने , सामाजिक अभियान्ता ज्ञानेन्द्र शाही , महाविर पुन, कुलमान घिसिङ्ग, ईशा गुरुङ्ग , धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल , इस्मा गाउँपालिका प्रमुख लक्ष्मण पोखरेल सहित २ सय जना भन्दा बढि सामाजिक क्षेत्रमा काम गर्ने ब्यक्तिहरुलाई प्रतिविम्व तयार पारि सम्मान प्रकट गरि सको छन् ।
उनले मानिसहरुलाई हेर्दा हेर्दै उसको हुवहरु स्केच तयार पार्दछन् । दैनिक पेशा भने उनको ब्यवसायी कृषि र पशुपालन हो । सांसद गोकर्ण बिष्टले उनको प्रतिभाको प्रशंसा गर्दै आफ्नै गाउँको प्रतिभा नेपालीलाई कलमी चित्र अझै विकास गर्न प्रोत्साहित गरेका थिए ।