मनोज कार्की /गुल्मी १७ असोज/ छड्के न्युज डटकम–गुल्मीका ९३ वटा वडामा नेपाली काँग्रेसका १४औंअधिबेशन सम्पन्न भईसकेको छ । यहि असोज १९ गतेका दिन जिल्लाका २ नगरपालिका र १० गाउँपालिकामा काँग्रेसको १४औं अधिबेशन हुदैँ छ । अधिबेशनका कारण गाउँदेखी जिल्ला तहसम्म माहोल तातिरहेको छ ।असोज १९ गते हुन लागेको पालिका तथा नगर अधिबेशनमा नेपाली काँग्रेका बिभिन्न ब्यक्तित्वहरुले आफ्नो उमेद्धवारी घोषणा गरिसकेका छन् । त्यस्तै रेसुङ्गा नगरपालिकाको नगर सभापतिमा हरि कुमार श्रेष्ठले पनि आफ्नो उमेद्धवारी दिने घोषणा गरेका छन् ।
आइतबार गुल्मीको सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरेर श्रेष्ठले रेसुङ्गा नगरको बिकासका लागी आफ्नो उमेद्धवारी घोषणा गरेको बताएका छन् । लामो समयदेखी नेपाली काँग्रेसमा आबद्ध रही गुल्मी जिल्लामा क्रियाशिल भई काम गर्दै आएका छन् । श्रेष्ठ नेपाल पत्रकार महासंघ गुल्मी गुल्मीका संस्थापक समेत हुन् । उनले पत्रकारको हकहितका लागि काम गर्दै पत्रकार महासंघको भवन निर्माण गर्नका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै जिल्लाका दर्जनौं संघसस्थामा आफू आबद्ध रहि आएको श्रेष्ठले पत्रकार सम्मेलनमा बताए ।
उनले संस्थापक अध्यक्ष बनेर नेतृत्व गरेको नेपाल पत्रकार महासंघ गुल्मी उनकै कारण र उनकै नेतृत्वले अहिले आफ्नै भवनमा रहेको छ । उनले सुरुमा महासंघको कार्यालय भाडामा बस्ने गरेकोमा सबैको सहयोग मागेर आफ्नै भवन निर्माणमा जुटेर भवन निर्माण गर्न सफल भएका थिए । अन्य सामाजिक संघसंस्थामा आबद्ध हुँदा पनि उनले हरेका संघसंस्थालाई माथि उठाएका छन् । विगतका दिनहरुमा ब्यापर ब्यवसाय गर्दै आएका श्रेष्ठ राजनितिमा सक्रिय हुनका लागि ब्यापर समेत छाडेका छन् । निर्माण व्यवसायीको रुपमा काम गरिरहेका श्रेष्ठले आफ्नो व्यवसाय प्रक्रियागत रुपमा निरन्तर चलिरहने भएकोले आफु राजनितिमा सक्रिय हुन चाहेको बताएका हुन् ।
नगर सभापतिमा जयश्वर पन्थी र गगन के.सीलेउमेद्धवारी दिएका छन् । रेसुङ्गा नगरपालिकामा नेपाली काँग्रेस कमजोर रहेकाले आफू सभापति भई कुनै स्वार्थ नलिई पार्टीको इमानदार सिपाही भएर सबैको हक हितमा काम गर्ने श्रेष्ठको भनाई छ । आफूलाई काँग्रेसको १४ औं महाधिबेशनबाट सभापति बनाई आफूलाई एक पटक काम गर्ने अबसर दिन समेत आग्रह गरेका छन् ।