वैशाख १७, गुल्मी – पाँचदलिय गठबन्धनको नाममा नेपाली कांग्रेस गुल्मीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई सिध्याउने खेल रचेको लुम्बीनी प्रदेश कमिटी सदस्य तथा गुल्मी निर्वाचन क्षेत्र नम्बर १ को (ख) इन्चार्ज अशोक थापाले बताएका छन् । शनिवार तम्घासमा पत्रकार सम्मेलन गरी गठबन्धनबाट माअेवादीकेन्द्रलाई केही स्थानिय तह दिने सहमति भएपनी कांग्रेस पार्टीका केहिनेताको भनाई र गराई फरक भएको लुम्बीनी प्रदेश कमिटी सदस्य तथागुल्मी निर्वाचन क्षेत्र नम्बर १ को (ख) इन्चार्ज थापाले आरोप लगाएका छन् ।
केहि समय अघिदेखी गठबन्धन र माओवादी केन्द्र विच बैठक र समिक्षा।हुदैँ आएपनी कांग्रेसको दवावमा सिङ्गो पार्टी र नेतालाई नै लचिलो हुनुपरेको उनले आरोप लगाए । कांग्रेसले सड्यन्त्र पुर्वक माओवादी केन्द्र गुल्मीलाई सिध्याउने खेल रचेपछी आफूले रेसुङ्गा नगरपालिमा उप–मेयर पदमा दिएको उम्मेदवारी समेत फिर्ता लिएको थापाले बताए ।आगमी बैशाख ३० मा हुने स्थानिय तहको निर्वाचनमा गठबन्धन संगमाओवादी केन्द्रलाई मिलाएर लैजाने जिम्मा जिल्लास्तरका केही नेतालार्ई दिएपनी कांग्रेसको दवावमा सिङ्गो माओवादी पार्टी र इमानदार सिपाईमाथी धोका भएको उनले बताए ।
जिल्लाका सबै स्थानिय तहमा गठबन्धन गरेर माओवादी केन्द्रको इच्छा र चाहाना भएपनीइमानदार कार्यकता माथी तिखो प्रहार भएको थापाको भनाई छ ।उनले जिल्ला भर ८ वटा स्थानीय तहमा मात्रै नेपाली कांग्रेस माओवादीकेन्द्र बिच तालमेल भएको बताए । तालमेल नभएका ४ स्थानीय तहमा मतदाता र कार्यकर्ताले आफुले चाहेको उम्मेदवारलाई सघाउन र स्वबिवेकको प्रयोग गर्न पाउने निर्णय दिइएको बताए । गुल्मीका १२ स्थानिय तहमध्ये ४ स्थानिय तहमा गठबन्धन भएको छैन् । त्यस्तै माओवादी केन्द्र रेसुङ्गा नगर कमिटीले नगरपालिका भित्रका ३ वटा वडामा आफ्ना उम्मेदवारउठाएको छ ।
रेसुङ्गा ६ मा गोपाल मरासीनी, १२ मा गिरी प्रसाद महाहाकिम र १४ मा शेर बहादुर मल्ललाई वडाध्यक्षको उम्मेदवार बनाएको छ ।नेकपा एमालेले रेसुङ्गा नगरपालिका मेयर पदमा इन्जिनियर राजेन्द्र प्रसाद पाण्डेय र उप–मेयरमा रीता पाण्डेले उम्मेदवारी दिएका छन् ।त्यस्तै नगर प्रमुखमा नेपाली काँग्रेसले जिल्ला सभापति खिलध्वज पन्थी रउप–मेयरमा अमृतादेवी कुवँरलाई उम्मेदवार बनाएको छ ।