दाङमा नाचगान गर्दै गर्दा चाट्याङ लागेर दुई जानको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।दाङको घोराही उपमहानगरपालिका -१२ गुरउमा मंगलबार राति ११ बजे परेको चट्याङले १६ वर्षीया दीपा घर्ती र १९ वर्षीया मोनिसा साहको मृत्यु जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
त्यस्तै दुई जना गम्भीर घाइते भएका छन् भने अन्य ११ जना सामान्य घाइते भएको डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।तीजको बेला महिलाहरू साल डाडामा भेला भएर नाच्नेक्रममा चट्याङ परेको डीएसपी गौतमले बताए ।